बेलायतका प्रधानमन्त्री स्टार्मर र प्यालेस्टिनी राष्ट्रपति अब्बासबीच फोनवार्ता « Khabarhub

बेलायतका प्रधानमन्त्री स्टार्मर र प्यालेस्टिनी राष्ट्रपति अब्बासबीच फोनवार्ता


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

रामल्ला– बेलायती प्रधानमन्त्री कीर स्टारमरले प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बाससँग बुधबार फोनवार्ता गरेका छन् । उक्त वार्तामा स्टार्मरले बेलायतले अर्को सेप्टेम्बरमा प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने बताएका छन् ।

प्यालेस्टिनी समाचार एजेन्सी (डब्लुएएफए) ले स्टारर्मले अब्बासलाई फोन वार्ताको क्रममा दीर्घकालीन र दिगो शान्ति प्राप्त गर्ने बेलायतको प्रतिबद्धतालाई पुष्टि गरेको रिपोर्ट गरेको छ ।

वेलायती प्रधानमन्त्री स्टारर्मले संयुक्त राष्ट्रसङ्घलाई गाजा पट्टीमा नागरिकहरूलाई मानवीय सहायता प्रदान गर्न पुनः सुरु गर्न अनुमति दिने विषयलाई जोड दिएको पनि बताइएको छ ।

स्टार्मरले प्यालेस्टिनी राष्ट्रपतिलाई छलफल पूरा गर्न लन्डन भ्रमणको आह्वान गर्दै राजनीतिक वार्ता र दुई राज्यविच आवाश्यक समाधानको कार्यान्वयनको लागि योजना विकास गर्न बेलायतले आफ्नो सहकार्य जारी राख्ने पनि बताए ।

प्यालेस्टिनी राष्ट्रपति अब्बासले प्यालेस्टाइन राज्यलाई मान्यता दिने ऐतिहासिक कदमका साथै यस क्षेत्रमा शान्ति र स्थिरताका लागि सहकार्य गर्न प्रतिवद्धता जनाएकोमा बेलायती प्रधानमन्त्रीलाई धन्यवाद दिँदै साहसी कदम महत्वपूर्ण र ऐतिहासिक क्षणमा आएको बताएका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ५ : १४ बजे

निर्वाचन आउन ८६ दिन बाँकीः समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं – निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल मंसिर २३ गते मंगलबार तदनुसार

आज २०८२ साल मंसिर २३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २३ गते मंगलबार तदनुसार

एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो

काठमाडौं – नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि