बेलायतका प्रधानमन्त्री स्टार्मर र प्यालेस्टिनी राष्ट्रपति अब्बासबीच फोनवार्ता « Khabarhub

बेलायतका प्रधानमन्त्री स्टार्मर र प्यालेस्टिनी राष्ट्रपति अब्बासबीच फोनवार्ता


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

रामल्ला– बेलायती प्रधानमन्त्री कीर स्टारमरले प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बाससँग बुधबार फोनवार्ता गरेका छन् । उक्त वार्तामा स्टार्मरले बेलायतले अर्को सेप्टेम्बरमा प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने बताएका छन् ।

प्यालेस्टिनी समाचार एजेन्सी (डब्लुएएफए) ले स्टारर्मले अब्बासलाई फोन वार्ताको क्रममा दीर्घकालीन र दिगो शान्ति प्राप्त गर्ने बेलायतको प्रतिबद्धतालाई पुष्टि गरेको रिपोर्ट गरेको छ ।

वेलायती प्रधानमन्त्री स्टारर्मले संयुक्त राष्ट्रसङ्घलाई गाजा पट्टीमा नागरिकहरूलाई मानवीय सहायता प्रदान गर्न पुनः सुरु गर्न अनुमति दिने विषयलाई जोड दिएको पनि बताइएको छ ।

स्टार्मरले प्यालेस्टिनी राष्ट्रपतिलाई छलफल पूरा गर्न लन्डन भ्रमणको आह्वान गर्दै राजनीतिक वार्ता र दुई राज्यविच आवाश्यक समाधानको कार्यान्वयनको लागि योजना विकास गर्न बेलायतले आफ्नो सहकार्य जारी राख्ने पनि बताए ।

प्यालेस्टिनी राष्ट्रपति अब्बासले प्यालेस्टाइन राज्यलाई मान्यता दिने ऐतिहासिक कदमका साथै यस क्षेत्रमा शान्ति र स्थिरताका लागि सहकार्य गर्न प्रतिवद्धता जनाएकोमा बेलायती प्रधानमन्त्रीलाई धन्यवाद दिँदै साहसी कदम महत्वपूर्ण र ऐतिहासिक क्षणमा आएको बताएका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ५ : १४ बजे

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी