बजेट अनुशासन सुदृढ गर्न कानून निर्माणका लागि अर्थ मन्त्रालयद्वारा कार्यदल गठन | Khabarhub Khabarhub

बजेट अनुशासन सुदृढ गर्न कानून निर्माणका लागि अर्थ मन्त्रालयद्वारा कार्यदल गठन


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्थ मन्त्रालयले बजेट अनुशासन सुदृढ गर्न कानुन निर्माणका लागि कार्यदल गठन गरेको छ । कार्यदलमा  अर्थ मन्त्रालय वित्तीय सङ्घीयता समन्वय महाशाखा प्रमुख महेश बराल संयोजक रहेका अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जनाएको छ ।

सदस्यहरूमा अर्थ मन्त्रालयका बजेट महाशाखाका उपसचिव, अर्थ मन्त्रालय कानून तथा फैसला महाशाखाका उपसचिव र विषय विज्ञमा पूर्व सहसचिव निर्मलहरी अधिकारी हुन्। कार्यदलको सदस्य सचिवमा वित्तीय सङ्घीयता महाशाखाका उपसचिव रहेका छन् ।

चालू आर्थिक वर्षको बजेट वक्तव्यको बुँदा नं.३५९ मा विनियोजन कुशलता कायम गरी सार्वजानिक वित्तको प्रभावकारिता वृद्धि गर्ने, बजेट अनुशासनबाट सार्वजनिक खर्चको उपलब्धि बढाउने, संघीय सञ्चित कोषलाई सन्तुलनमा राख्न नगद प्रवाह व्यवस्थापनलाई सुदृढ बनाउने उल्लेख छ । यसैगरी सार्वजनिक ऋणको उत्पादनशील उपयोग र दिगोपन सुनिश्चित गर्ने र राष्ट्रिय वित्त व्यवस्थापन सुधार रणनीति कार्यान्वयन गर्ने उल्लेख छ ।

बजेटको बुँदा नं। ३७१ मा संविधानले निर्दिष्ट गरे बमोजिम सङ्घ, प्रदेश र स्थानीय तहमा बजेट अनुशासन सुदृढ गर्न कानुन निर्माण गर्ने र तीनै तहमा लागू हुने गरी सार्वजनिक खर्च मापदण्ड तर्जुमा गर्ने उल्लेख छ ।

बजेटमा रहेको व्यवस्थालाई कार्यान्वयन गर्न अर्थ मन्त्रालयले कार्यदल गठन गरेको हो । संविधानको धारा ५९ मा सङ्घ, प्रदेश र स्थानीय तहको बजेट घाटा व्यवस्थापन तथा अन्य कानून अनुशासन सम्बन्धी व्यवस्था सङ्घीय कानून बमोजिम हुने उल्लेख छ ।
 

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ५ : २३ बजे

राष्ट्रपति ट्रम्पको स्वीकृतिसँगै सीआईएले भेनेजुएलाविरुद्ध कारवाही गर्ने

वाशिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भेनेजुएलाविरुद्ध गोप्य रूपमा केन्द्रीय

प्रचण्डले भने- अहिलेको अवस्थामा निर्वाचनबाहेक अर्को उत्तम विकल्प छैन

काठमाडौं– नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिलेको अवस्थामा

प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी क्षेत्र नं ४ ‘ख’बाट

बलिउडकी दिग्गज नृत्याङ्गना मधुमतीको ८७ वर्षको उमेरमा निधन

काठमाडौं- बलिउडकी वरिष्ठ अभिनेत्री र ख्यातिप्राप्त नृत्याङ्गना मधुमतीको ८७ वर्षको

पाँच लाख जनसंख्या भएको देशमा स्वतन्त्रतापछिकै ठूलो उत्सव

प्राइया, केप भर्डे – अफ्रिकी महादेशबाट सन् २०२६ विश्वकप छनोट