ग्वाटेमालामा शवदाह गृहमा आक्रमण, कम्तीमा सात जनाको मृत्यु « Khabarhub

ग्वाटेमालामा शवदाह गृहमा आक्रमण, कम्तीमा सात जनाको मृत्यु


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – ग्वाटेमाला सहरस्थित एक शवदाह गृहमा मङ्गलबार भएको सशस्त्र आक्रमणमा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

उनीहरूले आक्रमणकारी मलामी गएका स्थानीयसँग उक्त स्थानमा आपराधिक गतिविधि गर्दै आएको एक गिरोह मारासाल्भा ट्रुचा (एमएस)–१३ सँग जोडिएको बताएका छन् ।

व्यारियो–१८ र मारा साल्वाट्रुचा (एमएस–१३) गिरोहहरू बिचको विवाद हिंसात्मक बनेपछि यो घटना भएको हुनसक्ने ग्वाटेमालाका आन्तरिक मन्त्री फ्रान्सिस्को जिमेनेजले बताएका छन् । 

जिमेनेजका अनुसार राजधानीको अर्को भागमा सोमबार एक व्यक्तिको हत्या भएपछि सशस्त्र व्यक्तिहरूले शव दाहगृहमा आक्रमण गरेका थिए ।

मारा साल्वाट्रुचाका प्रतिद्वन्द्वी गिरोहका सदस्यहरूले शवदाहगृहमा आक्रमण गरे र मृतकको परिवार र साथीहरू माथी गोली हानेको जानकारी प्राप्त भएको उनले बताएका छन्  ।  

ग्वाटेमाला सहर नगरपालिकाको प्रवक्ता अमिलकार मोन्टेजोले बन्दुकधारीहरूले अन्त्येष्‍टि गृहभित्र गोली चलाउँदा ‘सात जनाको मृत्यु र १३ जना घाइते’ भएको पुष्टि गरे ।

गोली प्रहार भएको स्थानबाट केही मिटरको दूरीमा थप घाइतेहरू फेला परेकोसमेत उनले बताए । मोटरसाइकलमा आएका आक्रमणकारीहरू घटनापछि घटनास्थलबाट भागेका थिए । 
 

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ५ : ३१ बजे

टियागो इभिमा मेडिकल प्रोफेसनलका लागि विशेष अफर

काठमाडौं– टाटा मोटर्स नेपालका लागि आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले टियागो इभिमा विशेष

प्रभुका अर्का उच्च अधिकारी पक्राउ, बैंकिङ कसुरमा तानिए रेमिट्यान्स विभाग प्रमुख शाक्य

काठमाडौं- बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गत थप कसूरमा

‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’

काठमाडौं– अर्थ मन्त्रालयले ढुवानीका लागि बाटो प्रयोग भएको आधारमा कर

दोस्रो क्वालिफायर खेल्न काठमाडौंले लुम्बिनीलाई दियो ११२ रनको सहज लक्ष्य

काठमाडौं – नेपाल प्रिमिर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबार

उपराष्ट्रपति यादवसँग कतारका राजदूतको भेट

काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि कतारका राजदूत मिशाल