दलको नेतामा पराजित मुख्यमन्त्री भन्छन्- ‘राजीनामा दिनुपर्ने कुनै कारण छैन « Khabarhub

दलको नेतामा पराजित मुख्यमन्त्री भन्छन्- ‘राजीनामा दिनुपर्ने कुनै कारण छैन


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा नदिने दोहोर्‍याएका छन् । प्रदेश राजधानी हेटौंडामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्ने कुनै आधार नै नभएको दाबी गरे । 

‘राजीनामा दिनुपर्ने कुनै कारण छैन । हामी संविधानअनुसार चल्छौँ,’ संसदीय दलको नेतामा पराजित भए लगत्तै लामाले भने, ‘संविधानले जे व्यवस्था गरेको छ, त्यसैअनुसार अघि बढ्ने हो ।’

उनी बुधबार भएको निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग संसदीय दलको निर्वाचनमा पराजित भएका छन् । कांग्रेसका ३७ प्रदेशसभा सदस्यमध्ये बानियाँको पक्षमा २२ र  मुख्यमन्त्री लामाको पक्षमा १४ मत खसेको छ । 

एक मत बदर भएको छ । यसअघि मंगलबार संसदीय दलको बैठकमा मुख्यमन्त्री लामाविरुद्ध दर्ता भएको अविश्वासको मत बहुमतले पारित भएको थियो ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ५ : ४४ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली