उद्योग मन्त्रालयद्वारा तीन जना विज्ञ सदस्य नियुक्त « Khabarhub

उद्योग मन्त्रालयद्वारा तीन जना विज्ञ सदस्य नियुक्त


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन जना ‘बोर्ड अफ ट्रेड’ मा विज्ञ सदस्य नियुक्त गरेको छ । 

निजी क्षेत्रका तीन प्रतिनिधिहरू कुशकुमार जोशी, विदुसी राणा र ज्योत्सना श्रेष्ठलाई ‘बोर्ड अफ ट्रेड’ को विज्ञ सदस्यमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको व्यापार नीति तथा व्यापार सहायता शाखाबाट जारी गरिएको नियुक्तिपत्र अनुसार तीनै जनालाई वाणिज्य नीति २०८१ को बुँदा १३ को व्यवस्थाअनुसार बोर्ड अफ ट्रेडमा नियुक्त गरिएको मन्त्री दामोदर भण्डारीको स्वकीय सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार यो नियुक्ति २०८२ साउन १३ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार गरिएको हो । विद्यमान वाणिज्य नीतिमा व्यापार सुधार गर्ने, निजी क्षेत्रको सक्रियता, नीतिनिर्माणमा समन्वय र सरकारी तथा निजी क्षेत्रबीच सहकार्य मजबुत बनाउने बोर्ड अफ ट्रेडको भूमिकालाई महत्त्वपूर्ण आधारका रूपमा लिइएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ६ : ४५ बजे

कृषि तथा वन विज्ञान विश्वविद्यालय : अध्ययन बिदा छानबिन गर्न समिति गठन

चितवन– कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका शिक्षक तथा कर्मचारीले

अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) बाट

खोलामा पुल बन्यो, जाने बाटो छैन

दार्चुला– दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल प्रयोगविहीन

एसियन गेम्स : बंगलादेशलाई पराजित गर्दै पाकिस्तान फाइनलमा

काठमाडाैँ – पाकिस्तान एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य