रेशमले पारित गराए रञ्जितालाई अध्यक्षबाट हटाउने प्रस्ताव, बुवा लालवीरलाई नेतृत्वमा ल्याउने तयारी « Khabarhub

रेशमले पारित गराए रञ्जितालाई अध्यक्षबाट हटाउने प्रस्ताव, बुवा लालवीरलाई नेतृत्वमा ल्याउने तयारी


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी (नाउपा) को कार्यवाहक अध्यक्षको जिम्मेवारी शिव बास्तोलालाई दिएकी अध्यक्ष रञ्जिता श्रेष्ठकै पद धरापमा परेको छ ।

पार्टीको विवाद चलिरहेका बेला अध्यक्ष रञ्जिता श्रेष्ठले यही आइतबार कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष बास्तोलालाई दिएकी थिइन् ।

शुक्रबार बहुमत केन्द्रीय सदस्यको बैठकले २४ घन्टाभित्र बैठक बोलाउन अल्टिमेटम दिएपछि कारबाहीबाट जोगिन उनले यो निर्णय गरेकी थिइन् ।

अध्यक्ष श्रेष्ठले आफू अस्वस्थ रहेको भन्दै पोखरा महानगरपालिका–६ निवासी पार्टीका वरिष्ठ नेता बास्तोलालाई कार्यवाहकको जिम्मेवारी दिएको रञ्जिताले बतएकी थिइन् ।

तर नाउपाका संरक्षक तथा उनका पति रेशम चौधरीले अब उनलाई अध्यक्षबाट हटाएर बुवा लालबीर चौधरीलाई पार्टीको नेतृत्व जिम्मा लगाउने तयारी गरेका छन् । रेशमले केन्द्रीय समिति बैठक फेस नगरी आफूखुसी कार्यवाहक अध्यक्ष तोक्दै हिँडेको भन्दै रञ्जितालाई हटाएका छन् ।

रेशम पक्षको राष्ट्रिय भेलाले बुधवार साँझ रन्जितालाई हटाउने निर्णय गरेको हो । रञ्जिताले आफूखुसी गरेको भन्दै रिसाएका रेशमले अब पार्टीमा पनि सम्बन्ध तोड्ने अवस्थामा पुगेका छन् । अर्की श्रीमतीसँग रहँदै आएका रेशमले रञ्जितालाई पार्टी नेतृत्वबाटै किनारा लगाउने निर्णय लिएका हुन् ।

नागरिक पहिलो चुनावबाटै आश्चर्यजनक रुपमा उदाएको थियो । उसले प्रतिनिधिसभामा चार सिट जितेको थियो । उता सुदूरपश्चिम र लुम्बिनी प्रदेश सभामा पनि नाउपाले प्रतिनिधित्व गर्छ।

रेशमले कारबाही गरेपछि अब रञ्जिता पक्षधरले पनि आफ्नो निर्णय लिन सक्नेछ । यसलाई लिएर रञ्जिताले असन्तुष्टि जनाइसकेकी छन् ।

श्रेष्ठले आफू अस्वस्थ भएको भन्दै बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी थिइन्। बहुमत केन्द्रीय सदस्यहरूले शुक्रबार २४ घन्टाभित्र बैठक बोलाउन अल्टिमेटम दिएपछि उनले कारबाहीबाट बच्न हतारमा यस्तो निर्णय गरेकी थिइन् ।

रेशमले भने रञ्जिताको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै उनलाई पाखा लगाएका छन् । उनले अब अध्यक्षबाट रञ्जितालाई हटाएपछि बुवा लालबीर चौधरीलाई पार्टीको नेतृत्व दिन सक्ने संकेत गरेका छन्।

‘रञ्जिताजीले केन्द्रीय कमिटी बोलाएर जवाफ दिनुपर्थ्यो। कार्यवाहक तोकेकोमा मलाई चित्त बुझेको छैन। बैठक राखेर कार्यवाहक तोक्नुपर्थ्यो। कार्यकर्ताले आफ्नो अध्यक्ष र कार्यवाहक अध्यक्ष चिन्नुपर्छ’, उनले भने ।

उनले यो अवस्थाको जिम्मेवारी कसको हो भन्ने स्पष्ट रहेको पनि बताए । ‘राजनीतिक दलमा उथलपुथल भइरहन्छ, तर यो सबै स्वीकारेर अघि बढ्नुपर्छ। उहाँ (रञ्जिता) लाई अध्यक्ष बनाउने वा नबनाउने कुरा साथीहरूको हो। मेरो व्यक्तिगत धारणा बुवालाई बनाउनुपर्छ भन्ने होइन’, उनले भने ।

पार्टी भित्रको शक्ति सन्तुलन र निर्णय प्रक्रियालाई लिएर उत्पन्न संकटले नाउपा गम्भीर अन्योलमा परेको छ। केन्द्रीय समिति बैठकबाट रञ्जितालाई हटाउने निर्णयले पार्टी पनि पहिलो चुनाव जितेकै कार्यकालयमा संकटमा परेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ६ : ५६ बजे

चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध

वीरगन्ज- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि

लागूऔषधसहित तीन जना पक्राउ

भद्रपुर– झापाको सीमावर्ती क्षेत्रबाट शुक्रबार र आज गरी लागूऔषधसहित तीन

पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’

बागमती– मकवानपुरको राक्सिराङ गाउँपालिका-३ गलमटे केराबारीमा रहेको मनमोहक पर्यटकीयस्थल ‘जलपरी

कामपाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण

काठमाडौं- काठमाडौँ महानगपालिकाको शिक्षा विभागले विभिन्न ९२ संस्थागत (निजी) विद्यालयको

नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीलाई पुरानो ढाँचा