काठमाडौं– सात बुँदे माग राखेर माइतीघरमा आमरण अनसन बसिरहेका खोटाङको दिक्तेल मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईलाई प्रहरीले उठाउन खोजेपछि तनाव भएको छ ।
प्रहरीले उनलाई त्यहाँबाट उठाएर रत्नपार्कस्थित शान्ति बाटिकामा लैजान खोजेको थियो । त्यस क्रममा भट्टराईका समर्थकले प्रतिरोध गरेपछि प्रहरी पछि हटेको छ ।
आइतबारदेखि सत्याग्रह सुरु गरेका भट्टराई माग पूरा नभएपछि आजदेखि आमरण अनसन बसेका हुन् ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी













प्रतिक्रिया