जानकीलाई स्वास्थ्यमन्त्रीको फोन : देशलाई तपाईंजस्तै स्वास्थ्यकर्मीको खाँचो छ « Khabarhub

जानकीलाई स्वास्थ्यमन्त्रीको फोन : देशलाई तपाईंजस्तै स्वास्थ्यकर्मीको खाँचो छ


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


987
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य मन्त्री प्रदीप पौडेलले बैतडीको विकट गाउँमा सेवा गरिरहेकी अनमी जानकी पुजाराको कामको प्रशंसा गर्दै सामाजिक सञ्जालमार्फत सम्मान प्रकट गरेका छन्।

बैतडीको सिगास गाउँपालिका–४ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र, कान्धारमा कार्यरत जानकीले स्वासप्रस्वासमा गम्भीर समस्या देखिएकी एक शिशुको ज्यान बचाएकी थिइन्। भौगोलिक कठिनाइका कारण अस्पताल लैजान नसकिएको अवस्थामा उनले देखाएको तत्परताले एक नवजातको जीवन रक्षामा ‘भगवानसरह’ भूमिका खेलेको भन्दै मन्त्री पौडेलले फोन गरेर व्यक्तिगत रूपमा बधाईसमेत दिएका थिए।

मन्त्री पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, “तमाम असहज र कठिनाइका बाबजुद हामीले स्थानीय तहदेखि प्रदेश र संघका स्वास्थ्य संस्थाको सेवा सुधार तथा विस्तारमा यथाशक्य प्रयत्न गरिरहेका छौं । यस्तोमा नागरिकको जीवनरक्षामा अनवरत खटिइरहने स्वास्थ्यकर्मीहरुको महत्वपूर्ण हात छ ।”

उनले जानकी जस्ता स्वास्थ्यकर्मीहरूप्रति श्रद्धा प्रकट गर्दै भनेका छन्, “सुख र सुविधा नभनी देशको स्वास्थ्य रक्षामा तल्लिन जानकी र अरु धेरै जानकीहरुप्रति मेरो हृदयदेखी नै सम्मान छ । देशलाई साँच्चै तपाईंहरुजस्तै स्वास्थ्यकर्मीको खाँचो छ । तपाईंहरुको योगदानको पक्कै मूल्यांकन हुनेछ ।”

स्वास्थ्य सेवा प्रणालीको सुधारका लागि सरकार प्रयासरत रहेको उल्लेख गर्दै मन्त्री पौडेलले विशेषगरी विकट तथा दुर्गम स्थानमा सेवा दिइरहेका स्वास्थ्यकर्मीहरूको योगदान अमूल्य रहेको बताएका छन्।

शिशुको जीवनरक्षा मात्र नभई जनस्वास्थ्यमा निरन्तर खटिने स्वास्थ्यकर्मीहरूका लागि मन्त्रीको यस्तो सम्मानजनक टिप्पणीले थप उत्साह र प्रेरणा मिल्ने विश्वास लिइएको छ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ९ : ५३ बजे

अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ?

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक,

कांग्रेस देउवा पक्षले थाल्यो वडा अधिवेशन (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहले पनि १५औँ महाधिवेशनको प्रक्रिया

उत्तर कोरियालाई वार्तामा फर्किन राष्ट्रपति लीको आह्वान

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँग विश्वास पुनःस्थापित

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

एजेन्सी– स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव

काठमाडौं– सङ्घीय निजामती सेवालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक