चुत्रेनी खेलमैदान ‘डीपीआर’मै सीमित « Khabarhub

चुत्रेनी खेलमैदान ‘डीपीआर’मै सीमित


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–६ चुत्रेनीमा खेलमैदान निर्माण गर्ने योजना विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मै सीमित भएको छ ।

खेलमैदान निर्माणका लागि २०७८ सालमा तयार पारिएको चार करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) कार्यान्वयन हुन नसकेको हो । आर्थिक स्रोतको अभावमा डीपीआर तयार पारेको चार वर्षसम्म पनि योजना कार्यान्वयन सुरु गर्न नसकेको बेनी नगरपालिका–६ का वडाध्यक्ष कृष्णसिंह बानियाँले बताए ।

‘११ ए साइडको फुटबल खेल सञ्चालन गर्न सकिने क्षेत्रफलको खेलमैदानमा पूर्वाधार निर्माणका लागि प्रदेश र सङ्घीय सरकारमा योजना प्रस्ताव गरे पनि प्राथमिकतामा परेको छैन’, उनले भने, ‘स्थानीय तहसँग पर्याप्त आर्थिक स्रोत छैन । प्रदेश र सङ्घीय सरकारबाट साथ नपाउँदा सुविधायुक्त र व्यवस्थित खेलमैदान बनाउने योजना अघि बढ्न सकेको छैन ।’

गण्डकी प्रदेशमा २०७९ सालमा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि चुत्रेनीमा खेलमैदान बनाउने चर्चा भएको थियो । राष्ट्रिय खेलकुद परिषद् र प्राविधिक टोलीले चुत्रेनी पुगेर खेलमैदानको अवलोकन पनि गरेका थिए ।

म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजारदेखि चार किलोमिटर पश्चिमतर्फ म्याग्दी नदीको किनारमा बालजागृति आधारभूत विद्यालय परिसरको खेलमैदानमा प्यारापिट, घेराबार र स्टेजलगायतका पूर्वाधार आवश्यक छ । बेनी नगरपालिकाले हालसम्म करिब ४० लाख खर्चेर खेलमैदान सम्माएको, भूमिगत पानी व्यवस्थापन र केही ठाउँमा तारजाली लगाएको वडाध्यक्ष बानियाँले बताए ।

फुटबल, क्रिकेट, भलिबल, बास्केटबलका साथै एथलेटिक्स खेलको अभ्यास र प्रतियोगिता सञ्चालनका लागि चुत्रेनीको मैदानमा पर्याप्त जग्गा भए पनि व्यवस्थित हुन नसकेकोमा मुनसन युवा क्लबका अध्यक्ष दिनेश बानियाँले चिन्ता व्यक्त गरे । (रासस)

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  १० : ५१ बजे

सन् २०२५ मा तीन लाख विदेशी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी – सन् २०२५ मा अन्नपूर्ण क्षेत्रमा झण्डै तीन लाख

मौलिकताका लागि चेतना जगाउँदै मनाइयो राष्ट्रिय पोसाक तथा टोपी दिवस

काठमाडौं – प्रत्येक वर्ष जनवरी १ तारिखका दिन मनाइने राष्ट्रिय

हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावी सन्ततिलाई

नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपालको राष्ट्रिय पहिचानको