चुत्रेनी खेलमैदान ‘डीपीआर’मै सीमित « Khabarhub

चुत्रेनी खेलमैदान ‘डीपीआर’मै सीमित


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–६ चुत्रेनीमा खेलमैदान निर्माण गर्ने योजना विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मै सीमित भएको छ ।

खेलमैदान निर्माणका लागि २०७८ सालमा तयार पारिएको चार करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) कार्यान्वयन हुन नसकेको हो । आर्थिक स्रोतको अभावमा डीपीआर तयार पारेको चार वर्षसम्म पनि योजना कार्यान्वयन सुरु गर्न नसकेको बेनी नगरपालिका–६ का वडाध्यक्ष कृष्णसिंह बानियाँले बताए ।

‘११ ए साइडको फुटबल खेल सञ्चालन गर्न सकिने क्षेत्रफलको खेलमैदानमा पूर्वाधार निर्माणका लागि प्रदेश र सङ्घीय सरकारमा योजना प्रस्ताव गरे पनि प्राथमिकतामा परेको छैन’, उनले भने, ‘स्थानीय तहसँग पर्याप्त आर्थिक स्रोत छैन । प्रदेश र सङ्घीय सरकारबाट साथ नपाउँदा सुविधायुक्त र व्यवस्थित खेलमैदान बनाउने योजना अघि बढ्न सकेको छैन ।’

गण्डकी प्रदेशमा २०७९ सालमा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि चुत्रेनीमा खेलमैदान बनाउने चर्चा भएको थियो । राष्ट्रिय खेलकुद परिषद् र प्राविधिक टोलीले चुत्रेनी पुगेर खेलमैदानको अवलोकन पनि गरेका थिए ।

म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजारदेखि चार किलोमिटर पश्चिमतर्फ म्याग्दी नदीको किनारमा बालजागृति आधारभूत विद्यालय परिसरको खेलमैदानमा प्यारापिट, घेराबार र स्टेजलगायतका पूर्वाधार आवश्यक छ । बेनी नगरपालिकाले हालसम्म करिब ४० लाख खर्चेर खेलमैदान सम्माएको, भूमिगत पानी व्यवस्थापन र केही ठाउँमा तारजाली लगाएको वडाध्यक्ष बानियाँले बताए ।

फुटबल, क्रिकेट, भलिबल, बास्केटबलका साथै एथलेटिक्स खेलको अभ्यास र प्रतियोगिता सञ्चालनका लागि चुत्रेनीको मैदानमा पर्याप्त जग्गा भए पनि व्यवस्थित हुन नसकेकोमा मुनसन युवा क्लबका अध्यक्ष दिनेश बानियाँले चिन्ता व्यक्त गरे । (रासस)

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  १० : ५१ बजे

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

गण्डकी– कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत,

मेची भन्सारबाट दुई महिनामा दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई

आर्थिक गणना : लगत प्रशोधन प्रक्रिया सुरु

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको