‘देशको शिक्षा, स्वास्थ्य, कृषि तथा उद्योगको अवस्था कमजोर बनेको छ’ « Khabarhub

‘देशको शिक्षा, स्वास्थ्य, कृषि तथा उद्योगको अवस्था कमजोर बनेको छ’


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको शिक्षा, स्वास्थ्य, कृषि तथा उद्योगको अवस्था कमजोर बन्दै गएको बताएका छन् ।

मधेसी स्वास्थ्यकर्मी फोरम नेपालको दोस्रो प्रदेश अधिवेशनको शनिबार उद्‌घाटन गर्दै उनले स्वास्थ्य क्षेत्रको सुधारका साथै गुणस्तरीय स्वास्थ्य सेवाका लागि सबैको सकारात्मक भूमिका जरुरी रहेको बताए।

अध्यक्ष यादवले चुरे विनाशका कारण विगतदेखि नै मुलुकको कृषि क्षेत्र संकटमा पर्दै गए पनि हाल भूमि अध्यादेशको नाउँमा थप समस्या निम्तिने जोखिम बढेको दाबी गरे ।
 
जसपा महासचिव एवं मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले भूमिसम्बन्धी अध्यादेश तराई मधेसका लागि ठीक नभएको भन्दै यसले मधेसमा जनसङ्ख्याको चापमा वृद्धि हुने दाबी गरे ।

मधेस प्रदेशका आठ जिल्लाका प्रतिनिधि तथा पर्यवेक्षक गरी २५० जना स्वास्थ्यकर्मी सहभागी रहेको अधिवेशन भोलि सम्पन्न हुनेछ ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  ७ : ५९ बजे

स्विस आल्प्समा बार आगलागी, धेरै हताहत

क्रान्स–मोन्टाना (स्विट्जरल्यान्ड)- स्विस आल्प्सको क्रान्स–मोन्टाना सहरस्थित बारमा आगलागी हुँदा नयाँ

‘धोती हाम्रो शान हो’ भन्दै मनाइयो धोती दिवस 

काठमाडौं– जनमत पार्टीले काठमाडौं लगायत विभिन्न जिल्लामा धोती दिवस मनाएको

‘हिट एण्ड रन’ नियन्त्रणमा प्रहरी सक्रिय

नारायणगढ– पछिल्लो समय विभिन्न सवारीसाधनले ठक्कर दिएर फरार हुने (हिट

पश्चिम नवलपरासीमा आलुखेतीमा किसानको आकर्षण

नवलपरासी– बर्दघाट सुस्ता पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० का उमाशंकर चौधरीले

किशोरीलाई मात्र एचपीभी खोप लगाउँदा क्यान्सरको जोखिम यथावत, सरकार भन्छ- स्रोत छैन

काठमाडौं- सरकारले यसवर्ष ३ लाख बढी किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध