बलोचिस्तानमा पाकिस्तानी वायुसेनाले हवाई आक्रमण गरेको दाबी « Khabarhub

बलोचिस्तानमा पाकिस्तानी वायुसेनाले हवाई आक्रमण गरेको दाबी


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानी वायुसेनाले बलोचिस्तान प्रान्तमा हवाई आक्रमण गरेको समाचार सार्वजनिक भएको छ । पाकिस्तानी वायुसेनाले बलोचिस्तानको बोलान क्षेत्रमा रहेको माचमा आक्रमण गरेको बलोचिस्तान पोस्टको समाचारमा जनाइएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक तस्बिर र भिडियोमा नजिकै रहेको पहाडी गोनिपारा र उर्दू बाघ र धदार क्षेत्रमा संदिग्ध हवाई आक्रमणबाट क्षति पुगेको देखिन्छ । बलोचिस्तान पोस्टका अनुसार यसबारे पाकिस्तानी सेनाले कुनै प्रतिक्रिया दिएको छैन ।

पाकिस्तानी फौजले यसअघि बलोचिस्तानमा सञ्चालित कुनै पनि कारवाहीमा हवाई आक्रमण नगरेको बताउने गरेको थियो ।

बलोचिस्तान प्रान्तमा लामो समयदेखि स्वतन्त्रतावादी आन्दोलन चलिरहेको छ । सो क्षेत्रमा सक्रिय लडाकु समूहले बेलाबेला पाकिस्तानका सैनिक र सार्वजनिक क्षेत्रलाई निशाना बनाएर आक्रमण गर्दै आएका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  ८ : १५ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा