परराष्ट्रमन्त्री राणाले बूढानीलकण्ठस्थित निवासमा भित्र्याइन् गौरा « Khabarhub

परराष्ट्रमन्त्री राणाले बूढानीलकण्ठस्थित निवासमा भित्र्याइन् गौरा


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले काठमाडौँको बूढानीलकण्ठस्थित आफ्नो निवासमा आज गौरा भित्र्याएकी छिन् । उनले धार्मिक अनुष्ठान एवं विशेष पूजाआजासहित आज गौरा भित्र्याएकी हुन् ।

यसअघिका वर्षहरूमा गौरा पूजनका लागि उनी धनगढी जाने गरेका यसपटक भने धनगढीस्थित निवासको पुनर्निर्माण भइरहेकाले काठमाडौँमा गौरा भित्र्याएकी हुन् ।

हरेक वर्ष भाद्र सप्तमीका दिन बाजागाजासहित गौरा भित्र्याउने गरिन्छ । विभिन्न वनस्पतिबाट बनेको गौराको मूर्तिलाई देवी पार्वतीको प्रतीकका रूपमा धार्मिक अनुष्ठानका साथ गौरा घर एवं मन्दिरमा भित्र्याउने प्रचलन छ ।

मन्त्री डा राणाले गौरा पर्व सुदूरपश्चिमेलीहरूको विशिष्ट सांस्कृतिक गौरव भएको जनाउँदै आफू प्रत्येक वर्ष निष्ठापूर्वक व्रत बसी गौरा पूजा गर्ने गरेको बताइन् । गौराले सामाजिक एकता, सहिष्णुता र भाइचाराको सम्बन्ध स्थापित गर्ने उनले विश्वास व्यक्त गरिन् ।

भाद्र शुक्ल पञ्चमीको बिरुडा पञ्चमीबाट सुरु भई अष्टमीसम्म गरिने गौरा पूजामा महिलाहरू निराहार व्रत बसी शिव र गौरीको पूजाअर्चना गर्ने गर्दछन् ।

गौरा पर्व महिलाहरूले सौभाग्य, सुख, शान्ति र समृद्धिका लागि गरिने धार्मिक अनुष्ठान रहेको विश्वास गरिन्छ । गौरा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा विशेष रूपमा मनाउने गरिन्छ ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  ९ : २१ बजे

बागलुङमा पहिरोको वितण्डा : दुई दिनमा १० जनाको मृत्यु, तनहुँमा २४ घरमा क्षति

बागलुङ : अविरल वर्षासँगै आएको पहिरोले बागलुङमा १० जनाको मृत्यु

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज १२ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको