बेपत्ताहरूको खोजी प्रभावकारी रूपमा अघि बढाउन आग्रह गर्दछुः प्रचण्ड « Khabarhub

बेपत्ताहरूको खोजी प्रभावकारी रूपमा अघि बढाउन आग्रह गर्दछुः प्रचण्ड


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बेपत्ताहरूको खोजीसहित आवश्यक अन्य कार्य प्रभावकारी रूपमा अघि बढाउन आग्रह गरको छन् ।

‘बेपत्ता पारिएका व्यक्तिहरूको अन्तरराष्ट्रिय दिवस’ का सन्दर्भमा आज उहाँले बेपत्ताहरूप्रति सम्मान व्यक्त गर्दै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई तत्काल खोजी गरी उहाँहरूको अवस्था सार्वजनिक गर्न आग्रह गरेका हुन् ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि बेपत्ता भएकाहरूको कीर्तिमानी योगदानको स्मरण गर्दै अध्यक्ष दाहालले बेपत्ता व्यक्तिका परिवारलाई उचित सम्मान, सेवा, सुविधा र सहुलियत प्रदान गर्न सरकारसँग माग गरे ।

उनले भने “यस अवसरमा विस्तृत शान्ति सम्झौताको दफा ५ को २ को (५) बमोजिम, नेपालको अन्तरिम संविधान–२०६३ को धारा ३३ र संविधानको धारा ३०४ (२) को व्यवस्थालाई तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउँदछु ।”

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  १० : १० बजे

हालान्डको कीर्तिमानी गोलका बाबजुद नर्वेमाथि पोर्चुगलको रोमाञ्चक जित

काठमाडौँ : एर्लिङ हालान्डले आफ्नो ६५औँ अन्तर्राष्ट्रिय गोल गरे पनि

कालीगण्डकीको कटानले फाइबर पोल बगाएपछि म्याग्दी, बागलुङ र मुस्ताङमा सञ्चार सेवा ठप्प

म्याग्दी : सहश्रधारामा कालीगण्डकी नदीको कटानले फाइबर पोल बगाएपछि धवलागिरिका

पहिरोले देशभरका सडक ठप्प : उपत्यका जोड्ने सात राजमार्ग अवरुद्ध

काठमाडौँ – अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी

बागलुङमा पहिरोको वितण्डा : दुई दिनमा १० जनाको मृत्यु, तनहुँमा २४ घरमा क्षति

बागलुङ : अविरल वर्षासँगै आएको पहिरोले बागलुङमा १० जनाको मृत्यु

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर