मुटु रोगीका लागि मासु र मदिरा विष समान « Khabarhub

मुटु रोगीका लागि मासु र मदिरा विष समान


१४ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालीको महान् चाडका रुपमा मनाइने दशैँ विशेषगरी खानपानसँग जोडिन्छ । माछामासु चिल्लो पिरो तथा विभिन्न किसिमका पेय पदार्थखानामा समावेश हुन्छन् । १५ दिनसम्म मनाइने दशैँमा अन्य समयको तुलनामा मासु धेरै खाइन्छ ।

दशैँलाई मासुकै चाड भन्दा पनि फरक नपर्ला । तर विज्ञ भने दशैँ खानपानको मात्रै नभई यो बहुआयामिक पर्व भएको बताउँछन्। ओम अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ डा. कमल लम्साल भन्छन्-‘दशैँ हाम्रो संस्कृति परम्परासँग जोडिएको पर्व भएकाले यसलाई खानपानसँग मात्रै नजोडी बहुआयामिक रुपमा मनाउनु पर्छ ।’

लामो बिदा हुने भएकाले परिवारसँग घुम्न जाने, विभिन्न योग तथा ध्यान केन्द्रमा गएर योग ध्यान गर्ने, किताब पढेर वर्षभर कुर्सीमा सीमित रहेको शरीरलाई केही दिन मात्रै भए पनि तन्काउने, आफन्त साथीभाइलाई भेट्ने लगायतका कुरामा बढी जोड दिनुपर्ने लम्साल बताउँछन् ।

मासु शरीरका लागि चाहिने तत्त्व हो मासु खानै हुँदैन भन्ने होइन । तर स्वास्थ्य अवस्था बुझेर ठिक मात्रामा मासु खान उनको सुझाव छ । धेरै मोटो व्यक्ति, मुटु रोगी, ब्लड प्रेसरका बिरामी, मधुमेहको उपचार गराइरहेका बिरामीले मासु कम खाने, कोलेस्ट्रोलका बिरामीले रातो मासु नखानु नै राम्रो हुने चिकित्सकले बताए ।

चाडबाड भन्ने बित्तिकै टन्न माछा मासु, चिल्लो, पिरो, मदिरा, चिसो पेय पदार्थ लगायत अनेक थरिका खानेकुरा खाने र शारीरिक व्यायाम कम हुने हुँदा दशैं सकेपछि विभिन्न समस्या लिएर जचाउन आउनेको भीड लाग्ने गरेको अनुभव डा.लम्सालले सुनाए ।

मुटुरोगी र मासु
दशैँ मात्रै होइन हरेक चाडपर्वमा मासु मदिरा जोडिएरै आउँछ । तर मुटुरोगीका लागि यी दुवै चिज विषसमान भएको डा. लम्साल बताउँछन् ।

मुटुका बिरामीले सकेसम्म रातो मासुको सट्टा माछा त्यो पनि फ्राई नगरी खानुपर्छ । कुखुराको मासु बोसो, चिल्लो पदार्थ घिउ, तेलको मात्रामा एकदमै कम राखेर खान सकिन्छ ।

उनका अनुसार यदि पहिले नै मुटुसम्बन्धी कुनै रोगजस्तै कोलेस्ट्रोल, हृदयाघातजस्ता समस्या भइसकेको छ भने रातो मासु नखानु नै राम्रो हुन्छ । खाए पनि चिकित्सकको सल्लाहअनुसार चिल्लो पिरो र कम मसलाको प्रयोग गर्न उनको सुझाव छ ।

दशैँमा प्राय खसी बोकाको मासु धेरै प्रयोगमा आउँछ । खसीको मासु सकेसम्म कम खानुपर्छ भन्दै उनी खसीको भित्री अङ्गहरू आन्द्रा, भुँडी, कलेजोमा अधिक चिल्लोपन हुने भएकाले नखान डा. लम्साल सल्लाह दिन्छन् ।

त्यसैले मुटुका बिरामीले सकेसम्म रातो मासुको सट्टा माछा त्यो पनि फ्राई नगरी खाने र कुखुराको मासु बोसो, चिल्लो पदार्थ घिउ, तेलको मात्रामा एकदमै कम गरेर खाँदा राम्रो हुने उनले बताए ।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  ९ : ०० बजे

टायर पन्चर भएर माइक्रो बस दुर्घटना: वृद्ध दम्पत्तीसहित ६ जना घाइते

कावासोती – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को कावासोती

लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान

रूपन्देही– लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु

ब्राउन सुगरसहित एक जना भारतीय नागरिक पक्राउ

वीरगन्ज – पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–१४ स्थित कृष्णा प्रणामी चोकबाट

रौतहटको विजयपुरस्थित एक घरमा आगलागी (तस्बिरसहित)

रौतहट– रौतहटको फतुवा विजयपुर नगरपालिका–१०, दुधिअवास्थित एक घरमा आगलागी भएको

को हुन् काठमाडौँ आइपुगेका जमजम ब्रदर्स ?

काठमाडौँका सडकमा अहिले दुई यस्ता भाइ देखिएका छन्, जसलाई धेरै