नेपाल र वेस्ट इन्डिजको फाइनल भिडन्त आज « Khabarhub

नेपाल र वेस्ट इन्डिजको फाइनल भिडन्त आज

सिरिज २-० ले जितेको नेपालको लक्ष्य ‘क्लिन स्वीप’


१४ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालले आज वेस्ट इन्डिजसँगको टी-२० शृङ्खलाको फाइनल खेल्दैछ। सयुक्त अरब इमिरेट्स (यूएई) मा जार युनिटी कप टी-२० शृङ्खलामा एक खेल अगावै नेपाल २-० ले विजयी भएको छ।

यूएईको शारजाह क्रिकेट मैदानमा सोमबार राति भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै उक्त शृङ्खलाको उपाधि जितेको हो। पहिलो खेलमा पनि नेपालले वेस्ट इन्डिजविरुद्ध १९ रनको ऐतिहासिक जित हासिल गरेको थियो।

सोमबारको खेलमा नेपालले दिएको एक सय ७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ८३ रनमा अलआउट भयो। वेस्ट इन्डिज १७ दशमलव एक ओभरमा सबै विकेट गुमाउदै ८३ रनमा समेटिएको हो। सिरिजको फाइनल भिडन्त मंगलबार राति ८:१५ बजे सारजाह मैदानमा हुँदैछ।

सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक २१ रन बनाए। उनले १५ बलमा दुई छक्कासहित सर्वाधिक २१ रन बनाए। यस्तै, एकिम अगष्टले १७ तथा अमिर जांगो १६ रन जोडे।

नेपालको लागि आदिल आलमले ४ विकेट लिए। उनको यो उत्कृष्ट पुनरागमन हो। कुशल भुर्तेलले तीन, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट हात पारे।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ७३ रनको योगफल बनाएको थियो।

नेपालका लागि आसिफ शेख र सन्दीप जोराले सानदार अर्धशतक बनाए। आसिफले ४७ बलमा आठ चौका र दुई छक्काको मद्दतले अविजित ६८ रनको योगदान गरे । यसैगरी सन्दीप जोराले ३९ बलमा पाँच छक्का र तीन चौकासहित ६३ रन बनाए। यस्तै, मोहम्मद आदिल आलमले ११ रन बनाए।

यता वेस्ट इन्डिजका लागि कप्तान अकिल होसेन र कायल मायर्सले समान दुई दुई विकेट लिए भने जेडिया ब्लेड्सले एक विकेट लिए।

एक खेल अगाडि सिरिज जितेको नेपालको लक्ष्य ‘क्लिन स्वीप’ रहेको छ। वेस्ट इन्डिजका कप्तान अकिलले नेपाललाई धेरैले कमजोर ठाने पनि खेल्न कठिन भएको बताएका छन्। लगातार दुई खेलमा ऐतिहासिक जित निकालेको नेपाल भने मंगलबार फाइनल भिडन्तमा उत्साहका साथ मैदानमा हुनेछ। वेस्ट इन्डिज भने सिरिज गुमिसके पनि सान्त्वना जित चाहन्छ।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  ६ : १३ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट