पूर्व गोरखा सैनिक राईको लोभलाग्दो बाख्रापालन व्यवसाय « Khabarhub

पूर्व गोरखा सैनिक राईको लोभलाग्दो बाख्रापालन व्यवसाय


१४ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२, सिरदलीका सूर्यप्रसाद राई ३० वर्ष ब्रिटिस सेनामा सेवा गरेर अवकाशपछि आफ्नै गाउँ फर्किएर बाख्रापालन व्यवसायमा लागेका छन् । आफूले कमाएको रकम र सीपलाई सदुपयोग गर्दै व्यावसायिक बाख्रापालनमा जुटेका उनी अहिले समाजमा उदाहरणीयसमेत बनेका छन् ।

आफूलाई विदेशमा बस्ने सुविधा हुँदाहुँदै पनि नेपालको मायाले यहाँ फर्केर बाख्रापालन व्यवसायमा लागेको उनले बताए । समाजलाई केही सेवा गर्ने लक्ष्यले विसं २०७५ सालबाट व्यावसायिक रुपमा बाख्रापालन गरिरहेको उनको भनाइ छ । 

‘करिव ३० वर्ष ब्रिटिस सेनामा जागिर खाएँ’, उनले भने, ‘मलाई त्यहीँ बस्ने पनि सुविधा थियो । तर म गाउँमा फर्केर समाजको लागि उदाहरणीय बन्ने सोचले व्यावसायिक कृषि पेसामा लागेको हुँ ।’

उनी अम्बा कृषि बाख्रापालन फर्म दर्ता गरेर व्यावसायिक रुपमा यो पेसामा लागेका हुन् । करिव बाह्र रोपनी बढी क्षेत्रफल रहेको फर्ममा अहिले, बोयर, स्थानीय खरीजातका बाख्रा रहेका छन् । ब्रिटिस सरकारले त्यहाँ बस्नको लागि दिएको नागरिकता त्यागेर यो व्यवसायमा जोडिएको उनले बताए ।

उनले आफ्नै बारीमा सुन्तला, कागती, रुद्राक्षको पनि खेती गरिरहेको बताए । आफूलाई पेन्सनको रुपमा आएको पैसाले राम्रोसँग जीविकोपार्जन गर्न पुग्ने भएपनि समाजका मानिसहरूलाई केही ज्ञान दिने लक्ष्यले व्यवसायमा लागेको उनको भनाइ छ ।

ब्रिटिस सेनाको जागिर पश्चात उहाँले गाउँमा गरिरहेको बाख्रापालन व्यवसाय समाजको लागि अनुरकरणीयसँगै उदाहरणीय रहेको टेम्केमैयुङ–३ अन्नपूर्णका वडाध्यक्ष पूर्णप्रसाद राईले बताए ।

व्यावसायिक रुपमा बाख्रापालन तथा अन्य कृषि व्यवसायमा लागेका किसानलाई स्थानीय सरकारकाले पनि आवश्यक प्रोत्साहन गरिरहेको वडाध्यक्ष राईले बताए । व्यवसायमा लागेको किसानलाई थप उर्जा थप्न उन्नत जातको बोका वितरणसँगै आवश्यक प्राविधिक सहयोग गर्दै आएको उनको भनाइ छ । (रासस) 

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  ७ : २५ बजे

नीति तथा कार्यक्रममा गुरुयोजना समेट्न ललितपुर महानगर प्रमुखलाई आग्रह

ललितपुर – ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनलाई दुई कार्यकालको अनुभवका आधारमा

अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै (तस्बिरहरू)

काठमाडौं – विशेष अदालतले व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई

वैदेशिक रोजगारीमा हुने ठगी रोक्न विभागको सक्रियता : आजमात्रै २९ जाहेरी दर्ता, ९ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण र श्रमिकका

गाउँपालिकास्तरीय लोकनृत्य प्रतियोगितामा किस्पाङ बहुप्राविधिक शिक्षालय प्रथम

नुवाकोट – नुवाकोटको किस्पाङ गाउँपालिकाको वार्षिक कार्यक्रमअन्र्गत आयोजित लोकनृत्य प्रतियोगितामा

दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं । विशेष अदालतले दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका