अभिभावकविहीन बालबालिकालाई दसैँमा नयाँ लुगा « Khabarhub

अभिभावकविहीन बालबालिकालाई दसैँमा नयाँ लुगा


१४ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

देवदह– लायन्स क्लब अफ सिद्धार्थनगर युथले अभिभावकविहीन बालबालिकालाई नयाँ लत्ताकपडा वितरण गरेको छ । 

क्लबले आफ्नो नवौँ स्थापना दिवस तथा बडादसैँका अवसरमा रूपन्देहीको तिलोत्तमा नगरपालिका–१५, कोटिहवास्थित नेपाल अविनाश अनाथ आश्रमका बालबालिकालाई नयाँ लत्ताकपडा वितरण गरेको हो ।

क्लबका अध्यक्ष युवराज श्रेष्ठले बालबालिकालाई टीका लगाएर दक्षिणासमेत प्रदान गरिएको बताए । त्यस्तै आश्रममा रहेका बालबालिकालाई बिहानको एक छाक खाना पनि खुवाइएको उनले बताए। यस पटकको स्थापना दिवस फरक ढङ्गले मनाउने प्रयासअनुसार आश्रममा कार्यक्रम गरिएको क्लबका तृतीय उपाध्यक्ष तथा कार्यक्रम संयोजक सचिन्द्र तुलाधरले बताए। 

‘बडादसैँमा नयाँ कपडा लगाउने, मीठो खानेकुरा खाने प्रचलन छ, नयाँ कपडा नलगाएसम्म बालबालिकामा दसैँ आएको अनुभूति पनि हुँदैन, अभिभावकविहीन बालबालिकालाई आफ्ना अभिभावक नभएको अनुभूति नहोस् भन्नका लागि सोमबार उनीहरूलाई नयाँ लत्ताकपडा वितरण गरिएको हो’, उनले भने।

कार्यक्रममा लायन्स इन्टरनेसनल डिष्ट्रिक ३२५ पी, नेपालका डिष्ट्रिक गभर्नर बालाराम भट्टराईले दसैँ आफ्नो परिवारमा बसेर रमाउने मात्र नभई अरूको जीवनमा पनि खुसी ल्याउन सकियोस् भन्ने उद्देश्यले क्लबले गरेको कार्यक्रम सराहनीय रहेको बताए।

त्यस्तै निवर्तमान डिष्ट्रिक गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गले लायन्स क्लब अफ सिद्धार्थनगर युथले सामाजिक कार्यलाई बहन गर्दै आएको बताए। सेकेन्ड भाइस डिष्ट्रिक गभर्नर मीना पन्थीले आफ्नो खर्च कटाएर क्लबका सदस्यले सेवाको हात अगाडि बढाउनु प्रशंसनीय रहेको बताए ।

लायन्स क्लब अफ सिद्धार्थनगर युथका संस्थापक अध्यक्ष अर्चित श्रेष्ठले यस्तो कार्यक्रममा सहभागी हुन पाउँदा खुसीको अनुभूति भएको बताए। कार्यक्रममा क्लबका संस्थापक सदस्यलाई सम्मान गरिएको सचिव विराट गुरुङले बताए।

 नेपाल अविनाश अनाथ आश्रममा हाल २२ जना बालबालिका रहेको अध्यक्ष कृष्णप्रसाद ज्ञवालीले जानकारी दिए ।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  १२ : ५७ बजे

मनसुन सक्रिय : पाँचमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ – देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६

आज २०८३ साल साउन ३१ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच