महोत्तरीको सोनामाई मन्दिरमा भूत मेलाको रौनक « Khabarhub

महोत्तरीको सोनामाई मन्दिरमा भूत मेलाको रौनक


१४ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– भूत मेलाका लागि प्रसिद्ध महोत्तरीको सोनामाई मन्दिरमा अहिले भूत मेलाको रौनक छाएको छ । कहिले दसैँ आउला र कहिले भूत मेला सुरु हुने प्रतीक्षामा बसेका महोत्तरीलगायत सम्पूर्ण मिथिला क्षेत्रका भूत मेलाप्रेमी अहिले कति बेला साँझ पर्ला र कति बेला भूत मेला सुरु होला भन्दै उत्साहित भएका देखिन्छन् । 

परम्परागत रुपमा अनादी कालदेखि नै बडादसैँका बेला भूत मेलाका लागि प्रख्यात जिल्लाको औरही नगरपालिकामा–७ मा अवस्थित सोनामाई शक्तिपीठमा षष्ठी तिथिदेखि नै सुरु भएको भूत मेलाले अहिले सबैलाई आकर्षित पारेको छ ।

परापूर्वकालदेखि नै भूत मेलाका लागि प्रख्यात रहेको सोनामाई मन्दिरमा हरेक वर्ष बडादसैँको षष्ठी तिथिदेखि लाग्ने भूतमेलामा दैनिक हजारौँ दर्शनार्थी आएर मेलाको दर्शन गर्नाका साथै सहभागिता जनाउने गरेको सोनामाईका पुजारी कामेश्वर झाले बताए ।

भूतप्रेत, बोक्साबोक्सी र दुष्ट आत्माले सताइएका हजारौँ पीडितहरू प्रत्येक वर्ष यस मेलामा आउने गर्दछन् भने सोनामाईको असिम कृपाले यहाँबाट निको भएर जाने गरेको जनविश्वास रहेको अर्का पुजारी रमेश झा बताउँछ।

वर्षौंदेखि भूत, पिसाच, कालो जादुटुना र बोक्साबोक्सीको कुचक्रमा परेर जीवन मृत्युको दोसाँधमा परेकाहरु सोनामाईको सीमा क्षेत्रमा आउने बित्तिकै को–कसबाट सताइएकोबारे आफैँ भन्न थाल्छन् भने देवीको शक्तिले सीमा क्षेत्रमा खुट्टा टेक्ने बेलादेखि नै लड्दै पर्दै, रुँदै, हाँस्दै र विभिन्न गतिविधिका साथ खेल्दै देवी दरबारसम्म पुग्ने गर्दछन् । दरबारमा पुगेका पीडितहरू माताको दृष्टि परेपछि निको भई आआफ्ना घर फर्कने गरेको माताका अर्का पुजारी झगरु झाले बताए ।

षष्ठीदेखि विजयादशमीसम्म चल्ने यस मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहट, हेटौँडा, धरान, विराटनगर र काठमाडौँदेखि तथा भारतका सीतामढी, मधुवनी र पटना सहरसम्मका हजारौँ पीडित महिला तथा पुरुष पुग्ने गरेको पुजारी कामेश्वरले बताए ।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  १ : १९ बजे

नेपाल बारले आज सर्वोच्च प्रशासनको कार्यशैलीविरुद्ध लालटिन बालेर प्रदर्शन गर्ने

काठमाडौँ– नेपाल बार एसोसिएसनलगायत कानुन व्यवसायीहरूले आज लालटिन बालेर प्रदर्शन

प्रस्तावित प्रधानन्यायाधीशको उजुरी अध्ययन गर्न समय माग्दै विपक्षी सांसद ‘फास्ट ट्र्याक’ को विरोध

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रियालाई

एमालेको प्रश्न: प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइमा किन हतारो ?

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रस्तावित प्रधानन्यायाधीश

बाँके प्रहरीमा एक महिनामा २०५ अपराधका मुद्दा दर्ता

नेपालगञ्ज– प्रहरीले बाँकेमा एक महिनाका अवधिमा विभिन्न अपराधका २०५ मुद्दा

संघीय संसदका दुवै सदनको बैठक बस्दै, प्रि–बजेटमाथि छलफल हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज पनि