भारत–भुटानबीच पहिलो सीमापार रेल परियोजना, चार वर्षमै सम्पन्न हुने « Khabarhub

भारत–भुटानबीच पहिलो सीमापार रेल परियोजना, चार वर्षमै सम्पन्न हुने


१४ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारत र भुटानले पहिलो पटक दुवै देशलाई जोड्ने सीमापार रेलमार्ग निर्माण गर्ने सहमति गरेका छन् । करिब ४५ करोड ४० लाख डलर बराबरको यो विशाल परियोजना चार वर्षभित्र सम्पन्न हुने घोषणा भारत सरकारले सोमबार गरेको छ ।

भारतीय विदेश सचिव विक्रम मिस्रीले भुटानको मुख्य व्यापारिक साझेदार भारतले हिमाली छिमेकी मुलुकको पूर्वाधार र अर्थतन्त्रको आधुनिकीकरणमा ‘महत्त्वपूर्ण योगदान’ दिइरहेको बताए।

भारतका रेलमन्त्री अश्विनी वैष्णवले यो रेलमार्गले ‘भुटानका जनताका लागि ठुलो लाभ पुर्‍याउनेछ’ भन्दै सम्पूर्ण क्षेत्र जोडिने र हाल केही दिन लाग्ने सामानको आवागमन केही घण्टामै सम्पन्न हुने आशा व्यक्त गरे ।

प्रारम्भिक ६९ किलोमिटर (४३ माइल) रेलमार्गले करिब ३४ अर्ब ५६ करोड अर्ब भारतीय रुपैयाँ (३९ करोड डलर) लागतमा भारतको उत्तरपूर्वी सहर कोक्राझारलाई भुटानको सीमा नजिकै अवस्थित १० हजार जनसङ्ख्या भएको सहर गेलेफूसँग जोड्नेछ ।

यस्तै, अनुमानित पाँच अर्ब ७७ करोड रुपैयाँ खर्च हुने दोस्रो २० किलोमिटर रेलमार्गले भुटानको उत्तरपश्चिमी औद्योगिक केन्द्र सामत्सेलाई पूर्वी भारतको बानरहाटसँग जोड्नेछ ।

आठ लाखभन्दा कम जनसङ्ख्या भएको सानो र भूपरिवेष्‍टित भुटान चीन र भारतबीच अवस्थित छ । विकासभन्दा ‘ग्रस नेसनल ह्याप्पीनेस’ (सामूहिक राष्ट्रिय खुशी) लाई प्राथमिकता दिने नीतिका लागि परिचित यस मुलुकले हाल विदेशी लगानी र पर्यटकलाई आकर्षित गर्न गेलेफुलाई आर्थिक क्षेत्रका रूपमा विकास गर्ने योजना अघि सारेको छ ।

‘यो रेलमार्गले भुटानलाई दक्षिण एसिया र दक्षिणपूर्व एसियासँग जोड्ने आर्थिक केन्द्रका रूपमा स्थापित गर्नेछ’, विदेश सचिव मिस्रीले भने ।

रेलमन्त्री वैष्णवले नयाँ रेललाइनहरू पूर्ण विद्युतीय हुने र सकेसम्म वातावरणमैत्री ढङ्गले निर्माण गरिने जानकारी दिए ।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  ३ : ३० बजे

मनसुन सक्रिय : पाँचमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ – देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६

आज २०८३ साल साउन ३१ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच