वेस्ट इन्डिजविरुद्धको तेस्रो खेलमा नेपाल १० विकेटले पराजित « Khabarhub

वेस्ट इन्डिजविरुद्धको तेस्रो खेलमा नेपाल १० विकेटले पराजित


१४ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वेस्ट इन्डिजविरुद्धको तेस्रो तथा अन्तिम खेलमा नेपाल १० विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय २३ रनको लक्ष्य वेस्ट इन्डिजले १२ ओभर २ बलमा कुनै विकेट नगुमाइ भेट्टायो ।

वेस्ट इन्डिजका लागि आमिर जाङ्गुले सर्वाधिक ७४ रन बनाए । ४५ बलको सामना गरेका उनले ५ चौका र ६ छक्का प्रहार गरे । वेस्ट इन्डिजका अर्का ओपनर अकिम अगिस्टले २९ बलमा ४१ रन जोडे ।

यसअघि यूएईको शारजाह क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले इनिङ्ग्स सकिनु एक बल अगावै सबै विकेट गुमाएर १ सय २२ रन बनायो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ३९ रन बनाउनुबाहेक अन्यले प्रभावशाली प्रदर्शन गर्न सकेनन् । भुर्तेलले २९ बलमा दुई चौका र तीन छक्का प्रहार गरे ।

नेपालले एक खेल अगावै सिरिजको उपाधि जितिसकेको छ । दोस्रो खेलमा नेपाल ९० रन र पहिलो खेलमा पनि १९ रनले विजयी भएको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  ११ : २१ बजे

हर्मोन असन्तुलनको असर : ८–९ वर्षमै महिनावारी, झ्याप्प दाह्रीजुँगा

पछिल्लो समयको बदलिँदो खानपान, जीवन शैली र बढ्दो स्क्रिन टाइमले

कांग्रेस सभापति थापा आज सर्लाही जाँदै, कर्मैयामा भेटघाट कार्यक्रम

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही जाँदै छन्

प्रचण्डलाई झलनाथको चेतावनी– ‘अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पार्टी

वाणिज्य विभागद्वारा एक फर्मलाई जरिवाना

काठमाडौं– नियमित रुपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

वीरगञ्ज नाका हुँदै सामान आयात बढ्यो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को ६ महिनामा चार