आज २०८२ साल कात्तिक १३ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८२ साल कात्तिक १३ गते बिहीबारको राशिफल


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल कात्तिक १३ गते बिहीबार। कात्तिक शुक्ल पक्षको अष्टमी तिथि। कुष्माण्ड नवमी व्रत आजै परेको छ । तदनुसार सन् २०२५ अक्टोबर ३० तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ । राज्यको तर्फबाट महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ । परिवारभित्रको घेरा बन्दीबाट भने सचेत बन्नुपर्ने छ। हरेक काममा परिवारको साथ मिल्नेछ।

वृष : दिन राम्रो छ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। आफन्तले भन्दा बाहिरका साथीको साथ र सहयोग प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ । प्रेम सम्बन्धमा सफलता मिल्नेछ ।

मिथुन : दिन सामान्य छ। मिल्ने साथीले असहयोग गर्ने जोखिम छ। कामको बोझले स्वास्थ्यमा समस्या हुनेछ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । शुभकार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

कर्कट : दिन राम्रो छ। चन्द्रमा उच्च भएकाले परिवारको साथ मिल्नेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। बौद्धिक व्यक्ति सँगको भेटले मन शान्त बन्नेछ।

सिंह : दिन सामान्य छ। साथीले असहयोग गर्ने जोखिम छ। आफ्नो मूल्यांकन गर्ने क्षमताको विकास गर्नुपर्ने देखिन्छ। पश्चिमको लामो यात्राको तय नगर्नू उचित हुन्छ। परिवारलाई समय दिन नसक्दा तनाव बढ्नेछ ।

कन्या : दिन राम्रो छ। तपाईंको कला र गलाको प्रदर्शनी गर्नुपर्ने दिन हो। परिवारका सदस्यको साथ र सहयोग प्राप्त हुनेछ। शिक्षामा प्रगति हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। समयको सदुपयोग गर्नु उचित हुन्छ।

तुला : दिन सामान्य छ। अरूले गरेको खराब कामको आरोप तपाईंमाथि आइपर्ने खतरा छ। अचानक स्वास्थ्यमा समस्या हुनेछ। शिक्षामा ढिलासुस्ती हुनेछ। परिवारको साथ लिएर काम गर्नुपर्ने समय छ।

वृश्चिक : दिन राम्रो छ। साथीको साथ मिल्नेछ। जागिरमा बढुवा हुनेछ। विपक्षीसँग विवाद नगरी काममा अगाडि बढ्नु उचित हुन्छ। रानीतिक र सामाजिक क्षेत्रमा चासो बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : आजका लागि तपाईंको दिन धेरै राम्रो छ। विदेशतर्फ मन आकर्षित हुनेछ। व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ। परिवाको साथमा रमाइलो घुमघाम गर्ने अवसर प्राप्त हुनेछ। यात्रा सहज बन्नेछ। आज तपाईंले राजनीति नगर्नु उचित हुन्छ।

मकर : दिन सामान्य छ। तपाईंका लागि आजको दिन खराब देखिन्छ। सञ्चित धन र समयको खर्च हुनेछ। विपक्षी बलियो भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ। संकटमा परिवारको भने साथ मिल्नेछ।

कुम्भ : उपचारमा भए आज तपाईंको स्वास्थ्यमा सुधार हुनेछ। व्यापारमा फाइदा हुनेछ। गुरुको साथ र सहयोग मिल्नेछ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने समय छ। स्वदेशमा रोजगारीको अवसर मिल्नेछ।

मीन : दिन सामान्य छ। सानो कुराले घाटा हुनेछ। सञ्चित धन खर्च हुँदासमेत आफ्नो काम नबन्ने जोखिम छ। परिवारभित्र विवाद नगर्नु उचित हुन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ५ : १५ बजे

रामकुमारीले भनिन्- सुशासन र गुणस्तरीय सेवाका नाममा नागरिकलाई तर्साएर शासन गर्न हुँदैन

काठमाडौं– राष्ट्रियभा सदस्य रामकुमारी झाँक्रीले सुशासन र गुणस्तरीय सेवामा नाममा

हर्क साम्पाङलाई जानकारको सुझाव– ‘सस्तो स्टन्टले निलम्बनमा परिएला’

काठमाडौं- चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका वालेन्द्र शाहले अहिलेसम्म

राष्ट्रियसभा : शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका

प्रतिनिधिसभा : असारअघि नै मल, बीउ र कृषि औजार उचित व्यवस्थापन गर्न माग

काठमाडौं– सांसदहरूले वर्षा लागेसँगै धान रोप्ने समय नजिकिँदै गएको उल्लेख

कोरला नाकामा डिप बोरिङ प्रविधिबाट खानेपानी

मुस्ताङ– उत्तरी कोरला नाकामा डिप बोरिङ प्रविधिमार्फत खानेपानी निकालिएको छ