श्रीमतीलाई जिउँदै आगो लगाउनेहरूप्रति झलनाथको आक्रोश : सेनाले नलगेको भए एकदुई जनालाई चिथोरेर मार्थेँ « Khabarhub

श्रीमतीलाई जिउँदै आगो लगाउनेहरूप्रति झलनाथको आक्रोश : सेनाले नलगेको भए एकदुई जनालाई चिथोरेर मार्थेँ


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २४ गते डल्लुस्थित घरमा आगो लगाइदिँदा जलेर गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको यतिबेला भारतको दिल्लीमा उपचार जारी छ ।

शरीरको करिब ५५ प्रतिशत भाग जलेर कीर्तिपुर बर्न अस्पताल लगिएकी उनलाई त्यहाँ केही दिन उपचार गरेर अहिले दिल्लीमा थप उपचार भइरहेको छ । तर उनको एउटा हात कीर्तिपुरमै काटिएको छ।

त्रिभुवन विश्वविद्यालयकी प्राध्यापक रहेकी श्रीमती चित्रकारलाई जेन-जीका नाममा जिउँदै जलाउनेहरूप्रति एकीकृत समाजवादीका सम्मानित नेता खनालको रिस अझै मरेको छैन ।

काठमाडौंमा दुई दिनदेखि जारी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधनका क्रममा खनालले श्रीमतीलाई जिउँदै आगो लगाउने समूहलाई ‘जल्लाद’ को संज्ञा दिएका छन् ।

‘त्यस दिन हामी तीनैजनालाई जलाउने र मार्ने ढंगले तिनीहरू आएका रहेछन् । दुई मिनेटले मैले श्रीमतीलाई जोगाउन सकिनँ’, उनले भने, ‘दुई मिनेटले नै मलाई मिल्ट्रीले तानेर लग्यो । नत्र हामी तीनैजना एकै ठाउँ हुने रहेनछौँ ।’

उनले यदि सेनाले नलगेको भए आफू पनि मर्ने ती जलाउन आउनेलाई पनि मार्ने भन्दै उनले आक्रोश पोखे । ‘ती जल्लादहरूले हामीलाई जलाउनै आएकाले एकदुई जनालाई मैले पनि चिथोरेर मार्थेँ । हामीलाई जलाउने स्थिति आएको भए म पनि उनीहरूलाई बाँकी राख्दिनथेँ’, उनले भने, ‘तर मलाई मिल्ट्रीले तानेर लग्यो । त्यहाँ बसेर भिडेको भए राम्रै घटना हुन्थ्यो । तिनीहरूसँग म डराउनेवाला थिइनँ ।’

उनले आफू पञ्चायतको को–अर्डिनेशन कालदेखि नै, मालेकालदेखि नै मृत्यु त हातमा बोकेर हिँडेकाले डर नलागेको पनि बताएका छन् । उनी श्रीमतीलाई दिल्लीमा उपचार गराइरहेकै अवस्थामा पार्टीको बैठकमा भाग लिन काठमाडौं आएका हुन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  १ : ०० बजे

नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी

जनकपुरधाम– नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस प्रदेशको

एक महिनाभित्र प्रदेशका सबै कर्मचारीको अभिलेख अद्यावधिक गर्न निर्देशन

महेन्द्रनगर– मधेस प्रदेश सरकारले एक महिनाभित्र प्रदेशका सबै स्थानीय तहलाई

युक्रेनको राजधानीमा शक्तिशाली विस्फोट

एजेन्सी– युक्रेनको राजधानी किएभमा मिसाइल आक्रमणको खतरा रहेको अधिकारीहरूले चेतावनी

प्रदेश संरचना खारेज नगरी विकास सम्भव छैन : ज्ञानेन्द्र शाही

बिर्तामोड (झापा) — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र

आगामी चुनावबाट देशले जित्नुपर्छ : अध्यक्ष लिङ्देन

 बिर्तामोड– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू केवल