भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतमको निधन « Khabarhub

भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतमको निधन


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेनिकट राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको बिहीबार भैरहवामा भाषण गर्दागर्दै अचानक ढलेर निधन भएको छ।

रुपन्देहीको भैरहवास्थित नेपाल विद्युत् प्राधिकरणको शाखा कार्यालयअगाडि आयोजित उद्योगका मजदुरहरूसहितको धर्ना कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला ढलेका ६५ वर्षीय गौतमको निधन भएको हो।

भाषण गर्दा गर्दै ढलेका गौतमलाई सभास्थलबाट मणिग्रामस्थित क्रिमसन अस्पतालमा भर्ना गरिएको थियो । तर उक्त अस्पतालका चिकित्सकहरूले गौतमलाई मृत घोषित गरे।

श्रीमती र दुई छोराका पिता उनी रुपन्देहीकै बुटवल उपमहानगरपालिका–३ ज्योतिनगर निवासी हुन् । वि.सं. २०५४ सालदेखि जिफन्ट लागेका उनी एमालेको राजनीतिमा पनि सक्रिय थिए ।

जिफन्टले उद्योगहरूमा गरिएको विद्युत कटौतीको विषयलाई लिएर बिहीबार भैरहवामा धर्ना कार्यक्रम गरेको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  १ : ४४ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।