आणविक परीक्षणलाई निरन्तरता दिन ट्रम्पले दिए युद्ध मन्त्रालयलाई निर्देशन « Khabarhub

आणविक परीक्षणलाई निरन्तरता दिन ट्रम्पले दिए युद्ध मन्त्रालयलाई निर्देशन


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक परीक्षणलाई निरन्तरता दिन निर्देशन दिएका छन् । उनले रुस र चीनजस्ता मुलुकसँगको शान्ति कायम राख्न यस्तो निर्देशन दिएको बीबीसीले जनाएको छ ।

‘किनभने अरु देशहरुले पनि कार्यक्रम परीक्षण गरिरहेका छन्, मैले युद्ध मन्त्रालयलाई समान अनुपातमा हाम्रो आणविक हतियार परीक्षण गर्न निर्देशन दिएको छु ।’ दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति सी जिन्पिङसँगको भेटवार्ताअघि राष्ट्रपति ट्रम्पले भने ।

अमेरिकासँग सबैभन्दा धेरै आणविक हतियार रहेको ट्रम्पको भनाइ छ । त्यसपछि रुस र धेरै पछि तेस्रोमा चीन आउने उनले दाबी गरे ।

अमेरिकाले सन् १९९२ यता आणविक हतियार परीक्षण गरेको छैन ।

केही दिनअघि रुसले आणविक ऊर्जाबाट सञ्चालन हुने ‘असीमित दुरीको’ क्षेप्यास्त्र परीक्षण गरेकोमा ट्रम्पले निन्दा गरेका थिए ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  २ : २० बजे

हंसपुरका मेयर प्रदीपकुमार यादवको निधन

काठमाडौँ- धनुसाको हंसपुर नगरपालिकाका प्रमुख प्रदीपकुमार यादवको निधन भएको छ

‘राति नसुतेर पनि काम र २ पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था गरौँ’

काठमाडौँ- नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश विकासका लागि राति

सरकारले बीमा बन्द हुन दिनु हुँदैन : प्रदीप पौडेल

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ ५ का प्रतिनिधिसभा सदस्य

मालपोत प्रमुखलाई एक महिना कैद र पाँच हजार जरिवाना

काठमाडौं- उच्च अदालत जनकपुरले भूमि सुधार तथा मालपोत कार्यालय धनुषाका

परिवर्तनको नाममा ‘टुरिस्ट’ उम्मेदवार जिताउनु गल्ती हुन सक्छ : रेखा थापा

काठमाडौं – अभिनेत्री रेखा थापाले परिवर्तनको नाममा ‘टुरिस्ट’ उम्मेदवारलाई जिताउनु