सरोकार समितिले निर्वाचनको शान्ति सुरक्षाबारे सरकारसँग जानकारी लिने « Khabarhub

सरोकार समितिले निर्वाचनको शान्ति सुरक्षाबारे सरकारसँग जानकारी लिने


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले प्रतिनिधिसभाको आगामी निर्वाचनको शान्ति सुरक्षाका विषयमा सरकारसँग जानकारी लिने भएको छ ।

सिंहदरबारमा बिहीबार बसेको समितिको बैठकमा समितिको आगामी कार्ययोजनाका बारेमा छलफल गर्दै निर्वाचनको शान्ति सुरक्षाका विषयमा सरकारसँग छिटै जानकारी लिने तयारी गरिएको सभापति सोनाम गेल्जेन शेर्पाले जानकारी दिए । त्यसैगरी आगामी राष्ट्रियसभाको निर्वाचनका विषयका साथै विभिन्न आयोजनाको बजेट कटौती गर्ने सरकारको निर्णयको सम्बन्धमा समेत जानकारी लिने उनले बताए । 

उनले समितिको बैठकमा छलफल हुने विषयहरूलाई प्राथमिकीरण गर्दै नयाँ कार्ययोजना आगामी बैठकले अनुमोदन गर्ने जानकारी दिए ।

सभापति शेर्पाले राष्ट्रियसभाको बैठक सञ्चालन गर्ने विषयमा राष्ट्रियसभा अध्यक्षले पहल गरिरहेको र सभापतिहरुसंग पनि छलफल भइसकेको बताए । समिति सदस्यहरूले प्रतिनिधिसभा नरहेको अवस्थामा राष्ट्रियसभाका समितिलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  २ : ३८ बजे

नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी

जनकपुरधाम– नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस प्रदेशको

एक महिनाभित्र प्रदेशका सबै कर्मचारीको अभिलेख अद्यावधिक गर्न निर्देशन

महेन्द्रनगर– मधेस प्रदेश सरकारले एक महिनाभित्र प्रदेशका सबै स्थानीय तहलाई

युक्रेनको राजधानीमा शक्तिशाली विस्फोट

एजेन्सी– युक्रेनको राजधानी किएभमा मिसाइल आक्रमणको खतरा रहेको अधिकारीहरूले चेतावनी

प्रदेश संरचना खारेज नगरी विकास सम्भव छैन : ज्ञानेन्द्र शाही

बिर्तामोड (झापा) — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र

आगामी चुनावबाट देशले जित्नुपर्छ : अध्यक्ष लिङ्देन

 बिर्तामोड– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू केवल