फुटबल विकासका लागि अध्ययन गर्न कार्यदल गठन « Khabarhub

फुटबल विकासका लागि अध्ययन गर्न कार्यदल गठन


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली फुटबलको दीर्घकालीन विकासका लागि अध्ययन गर्न कार्यदल गठन गरिएको छ । 

बिहीबार सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा खेलकुदमन्त्री बब्लु गुप्ता र एन्फा पदाधिकारीबीच भएको छलफलले फुटबलको दीर्घकालीन विकासका लागि अध्ययन गर्न पाँच सदस्यीय कार्यदल गठन गरिएको एन्फा महासचिव किरण राईले जानकारी दिए । 

एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरको संयोजकत्वमा गठन गरिएको कार्यदललाई पाँच दिनभित्र फुटबलको विकासको खाका प्रस्तुत गर्न खेलकुद मन्त्रीले निर्देशन दिएको राईले बताए । 

त्यस्तै ए डिभिजन लिगका सन्दर्भमा समेत मन्त्री गुप्ताले चासो व्यक्त गरेका थिए । क्लबहरू तयारी भए ए डिभिजन लिग आयोजना गर्न आफूहरू तयार रहेको जानकारी गराएको महासचिव राईले जानकारी दिए। 

ए डिभिजन लिग सञ्चालन गर्न ३० देखि ४० करोडको खर्च हुने भए पनि मन्त्रालयबाट ४० लाख मात्रै विनियोजन गर्दा समस्या भएको उनले बताए । 

उनले लिगका लागि मन्त्रालयबाट आवश्यक सहयोग हुने प्रतिबद्धता आएको बताए । 

त्यस्तै छलफलमा सहभागी ए डिभिजन क्लबका प्रतिनिधिहरूले आफूहरू खेलका लागि तयार रहे पनि एन्फाले समयमा नै प्रतियोगिता आयोजना गर्न नसकेको जनाएका थिए । 

अहिलेको अवस्थामा होम अवे खेल खेल्न नसक्ने उनीहरूले जनाएका थिए । 

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ४ : १० बजे

आफ्ना सांसदलाई रविको चेतावनी- भोलि जनताले नमस्कारै नफर्काउने अवस्थामा पुग्न सक्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व र जनता

जनताले परिवर्तन चाहेपछि कुनै शक्तिले रोक्न सक्दैन : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले परिवर्तन चाहेको

सांसदहरूलाई रविले भने : प्रशस्त पानी पिउनुस्, पिसाब रोक्दै नरोक्नुस्  

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पिसाबको इन्फेक्सनबाट आफू

एकपछि अर्को नेता मारिएपछि कसले सम्हाल्लान् इरानको नेतृत्व ? यी ५ नाम चर्चामा

तेहरान– अमेरिकी–इजरायली आक्रमणपछि इरानका शीर्ष नेतृत्वमा ठूलो क्षति पुगेको दाबीसँगै

राई–लिम्बु समुदायलाई संसद्मा पुर्‍याउन सकिनँ, माफी चहान्छु : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राई–लिम्बु समुदायको प्रतिनिधित्व