नेपालगञ्जमा दोस्रो राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुने « Khabarhub

नेपालगञ्जमा दोस्रो राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुने


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– नेपालगञ्जमा दोस्रो राष्ट्रिय स्विमिङ च्याम्पियनसिप २०२५ आयोजना हुने भएको छ । नेपालगञ्ज स्विमिङ क्लबको आयोजनामा कात्तिक १४ र १५ गते हुने प्रतियोगितामा देशभरका करिब २०० खेलाडी सहभागी हुनेछन् ।

विद्यालयस्तरका अन्डर ८, १०, १२, १४, १७ र खुला उमेर समूहका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगितामा अन्डर ८ समूहले २५ मिटर, अन्डर १० समूहले ५० मिटर, अन्डर १२ र १४ समूहले ५० तथा १०० मिटर, र खुला समूहले २०० र ४०० मिटर दुरीका विभिन्न इभेन्टमा प्रतिस्पर्धा गर्ने क्लबले जनाएको छ।

क्लबका अध्यक्ष केशवराज न्यौपानेका अनुसार सातै प्रदेशका खेलाडीहरू सहभागी हुनेछन् । उनले प्रतियोगितामा ५६ वटा इभेन्ट सञ्चालन हुने जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीहरूले क्लबले उपलब्ध गराएको गुगल फर्ममार्फत आवेदन दिन सक्नेछन्। आवेदन शुल्क १,५०० रुपैयाँ तोकिएको छ। बाँकेबाहेक अन्य जिल्लाबाट आउने खेलाडीका लागि खाजा, खाना र बसोबास निःशुल्क व्यवस्था हुनेछ।

करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिता नेपाल पौडी संघको वार्षिक क्यालेन्डरमा समावेश भएको पहिलो राष्ट्रिय संस्करण हो । 

तर, नेपालगञ्ज स्विमिङ क्लबका लागि भने यो दोस्रो संस्करण हो । 

गत वर्ष क्लबले प्रदेशस्तरीय च्याम्पियनसिप आयोजना गरेको थियो । यस पटक राष्ट्रिय स्तरमा रूपान्तरण गर्न क्लबले प्रदेश सरकारसँग सहकार्यको पहल गरेको क्लबका सदस्य कृष्ण अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ४ : ४४ बजे

मनसुन पूर्णरूपमा बाहिरियो, दसैँमा मौसम घमाइलो हुने पूर्वानुमान

काठमाडौँ– यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । मौसम

किएभमा रुसी क्षेप्यास्त्र आक्रमण, एक जनाको मृत्यु, छ घाइते

किएभ- युक्रेनको राजधानी किएभमा रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणमा परी एक जनाको

महँगीले खर्चिलो बन्दै छ दसैँ

काठमाडौं– काठमाडौं उपत्यकाभित्रका प्रायः सबै मुख्य बजारमा अहिले किनमेल गर्ने

ग्रिनल्यान्डमा तेल, ग्यास र खनिजको खोजी चाँडै सुरु हुनेछ : ट्रम्प 

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा ठूलो परिमाणमा तेल,

प्रस्तावित राजदूत खरेलको सुनुवाइ प्रक्रिया लम्बियो, थप अध्ययन गरिने

काठमाडौँ- मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ प्रक्रिया