नेपालगञ्जमा दोस्रो राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुने | Khabarhub Khabarhub

नेपालगञ्जमा दोस्रो राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुने


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– नेपालगञ्जमा दोस्रो राष्ट्रिय स्विमिङ च्याम्पियनसिप २०२५ आयोजना हुने भएको छ । नेपालगञ्ज स्विमिङ क्लबको आयोजनामा कात्तिक १४ र १५ गते हुने प्रतियोगितामा देशभरका करिब २०० खेलाडी सहभागी हुनेछन् ।

विद्यालयस्तरका अन्डर ८, १०, १२, १४, १७ र खुला उमेर समूहका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगितामा अन्डर ८ समूहले २५ मिटर, अन्डर १० समूहले ५० मिटर, अन्डर १२ र १४ समूहले ५० तथा १०० मिटर, र खुला समूहले २०० र ४०० मिटर दुरीका विभिन्न इभेन्टमा प्रतिस्पर्धा गर्ने क्लबले जनाएको छ।

क्लबका अध्यक्ष केशवराज न्यौपानेका अनुसार सातै प्रदेशका खेलाडीहरू सहभागी हुनेछन् । उनले प्रतियोगितामा ५६ वटा इभेन्ट सञ्चालन हुने जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीहरूले क्लबले उपलब्ध गराएको गुगल फर्ममार्फत आवेदन दिन सक्नेछन्। आवेदन शुल्क १,५०० रुपैयाँ तोकिएको छ। बाँकेबाहेक अन्य जिल्लाबाट आउने खेलाडीका लागि खाजा, खाना र बसोबास निःशुल्क व्यवस्था हुनेछ।

करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिता नेपाल पौडी संघको वार्षिक क्यालेन्डरमा समावेश भएको पहिलो राष्ट्रिय संस्करण हो । 

तर, नेपालगञ्ज स्विमिङ क्लबका लागि भने यो दोस्रो संस्करण हो । 

गत वर्ष क्लबले प्रदेशस्तरीय च्याम्पियनसिप आयोजना गरेको थियो । यस पटक राष्ट्रिय स्तरमा रूपान्तरण गर्न क्लबले प्रदेश सरकारसँग सहकार्यको पहल गरेको क्लबका सदस्य कृष्ण अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ४ : ४४ बजे

अफगानिस्तान–पाकिस्तान शान्ति वार्ता पुनः असफल

एजेन्सी– अफगानिस्तानको तालिवान सरकारले शनिबार पाकिस्तानसँग भएको पछिल्लो चरणको शान्ति

निर्वाचनलाई लक्षित गरी महोत्तरीका ११ वटा सीमानाका सिल गरिने

जलेश्वर– भारतको विहार राज्यमा आगामी मंगङ्गलबार हुन लागेको विधानसभा निर्वाचनलाई

बागलुङमा पिकअप दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

ढोरपाटन– बागलुङको ढोरपाटनमा पिकअप जिप दुर्घटनामा परी मृत्यु र घाइते

सेटलाइट कृषि फार्मका लागि ८०१ रोपनी जग्गा प्राप्ति

मुस्ताङ– मुस्ताङको लोघेकर दामोदरकुण्ड–२ घमीमा सेटलाइट कृषि फार्म स्थापनाका लागि

चन्द्रागिरी केबलकार पुनः सञ्चालन (तस्बिरहरू)

काठमाडौं– जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको तोडफोडपछि दुई