रञ्जिताले दिइन् नाउपा नेपालका प्रस्तावित अध्यक्ष कबीरलाई बधाई  « Khabarhub

रञ्जिताले दिइन् नाउपा नेपालका प्रस्तावित अध्यक्ष कबीरलाई बधाई 


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


795
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले नागरिक उन्मुक्ति पार्टी नेपालका प्रस्तावित अध्यक्ष  कबीर सोपलाई बधाई दिएकी छन् ।

निर्वाचन आयोग पुगेर दल दर्ताको निवेदन दिएपछि सामाजिक सञ्जालमा रञ्जिताले सोपलाई बधाई दिएकी हुन् ।

उनले शोपलाई भान्जा भनेर समेत सम्बोधन गरेकी छन्। 

रञ्जिताले फेसबुकमा लेखेकी छन्, ‘नागरिक उन्मुक्ति नेपालको अध्यक्ष भएकोमा भान्जा कवीरलाई धेरै धेरै शुभकामना।’

नागरिक पार्टीका संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच लामो विवाद भएपछि आज चौधरी पक्षले नयाँ दल दर्ताका लागि निवेदन दिएको हो।

चौधरी पक्षले खोलेको नयाँ दलमा जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानदेखि अन्य नेता पनि जोडिएका छन्। 

२८ वर्षीय सोप रेशम चौधरीका भान्जा हुन् भन्ने हल्ला छ । तर यसका आधिकारिक पुष्टि भएको छैन। ४५ सदस्यीय केन्द्रीय कार्यसमितिसहित दल दर्ताको निवेदन दिएको हो।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ६ : १० बजे

परराष्ट्रमन्त्री खनाल र जापानी विदेशमन्त्री मोटेगीबीच भेट: नेपाल–जापान सम्बन्ध थप सुदृढ गर्ने प्रतिबद्धता

न्युयोर्क– संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र

फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता

गण्डकी– पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना एक साताभित्र

एसियाली खेलकुदअघि हुन लागेको भारत र जापानको खेल वर्षाले प्रभावित

टोकियो – एसियाली खेलकुदमा सहभागी हुन जापान पुगेको विश्व विजेता

मिथ्या सूचना नियन्त्रण गर्न समाचार समितिको भूमिका महत्वपूर्ण : महाप्रबन्धक राई

काठमाडौँ– राष्ट्रिय समाचार समिति (रासस)का महाप्रबन्धक सन्दीप राईले विश्वमा हाल

भरतपुर आँखा अस्पतालको सेवा सर्लाहीको हरिपुर्वामा पनि

सर्लाही– नेपाल नेत्र ज्योति सङ्घ अन्तर्गत सञ्चालित भरतपुर आँखा अस्पतालको