कांग्रेस केन्द्रीय समिति बैठक महामन्त्री थापाले किन गरे बहिष्कार ? « Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठक महामन्त्री थापाले किन गरे बहिष्कार ?


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


798
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जारी केन्द्रीय समितिको बैठक बहिष्कार गरेका छन्।

महाधिवेशनसम्बन्धी कार्यतालिका प्रस्तुत गर्ने तयारीमा रहेका थापालाई कार्यबाहक सभापति पूर्णबहादुर खड्का तयार नभएपछि थापाले बिहीबारको बैठक बहिष्कार गरेका हुन्।

आजको बैठकअघि खड्का, थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले छलफल गरेका थिए। उक्त छलफलमा थापाले आजको बैठकमा महाधिवेशनको कार्यतालिका पेस गर्ने तयारी आफूले गरेको खड्कालाई बताएका थिए।

तर, खड्का यसमा तयार नभएपछि केन्द्रीय कार्यालय परिसरबाट थापा बाहिरिएका थिए।

‘आजको बैठकमा महामन्त्री गगन थापालाई देखेनौँ,’ एक केन्द्रीय सदस्यले खबरहबसँग भने, ‘बैठक सुरु हुनुभन्दा २० मिनेटजति उहाँ कार्यालय आइसक्नुभएको थियो। कार्यबाहक सभापति र अर्का महामन्त्रीसँग कुराकानी भएको थियो। तर उहाँहरूबीच के कुरा भयो उहाँ त बैठकमा सहभागी नभई बाहिरिनुभयो।’

आजको बैठकअघि महामन्त्री शर्माले महाधिवेशन वा विशेष महाधिवेशनको विषयमा कार्यवाहक सभापति खड्कालाई चार प्रस्ताव सुझाएका थिए।

थापाले पनि शर्माकै प्रस्तावअनुसार आफूले तालिका पेस गर्न लागेका सुनाएका थिए। तर, खड्काले संस्थापन समूहले अहिले महाधिवेशनको समय नभएको र चुनावको तयारीमा लाग्नुपर्ने निष्कर्ष निकालेकोले एक दुई दिन कुर्न आग्रह गरेका थिए। त्यसपछि थापा बाहिरिएका थिए।

कांग्रेसमा महामन्त्रीले एजेन्डा प्रस्तुत गर्छन्। तर उक्त प्रस्तावमा सभापतिले समर्थन जनाएपछिमात्रै महामन्त्रीले प्रस्तुत गर्ने चलन छ।

थापाले मंसिर २७–२९ को नियमित महाधिवेशन गर्न सकिने र गर्नुपर्ने प्रस्ताव यसअघिको कार्यसम्पादन समिति बैठकमा गरेका थिए। आजको बैठकमा पनि उनले यही मितिसहितको तालिका प्रस्तुत गर्ने तयारी गरेका थिए।

यो मितिमा नियमित महाधिवेशन गर्न नसक्ने भए विशेष महाधिवेशनको तयारी र मिति तोक्न खड्कालाई थापाले दबाब दिएका थिए।

कांग्रेसमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गरिसकेका छन्। विशेष महाधिवेशन माग गर्दै प्रतिनिधिहरुले असोज २९ गते केन्द्रीय कार्यालयमा खड्कालाई नै निवेदन बुझाइएको थियो।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ९ : ०७ बजे

निर्वाचन लक्षित ‘सुरक्षा बेस’ स्थापना

चितवन– आसन्न प्रतिनिधिसभा निर्वाचनलाई ख्याल गर्दै सशस्त्र प्रहरी बल नेपालले

निर्वाचन आचारसंहिताविपरीत गतिविधि नगर्न रास्वपालाई नवलपरासी प्रशासनको आग्रह

नवलपरासी– जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई

भारतको क्रिकेट : ‘ए प्लस’बाट रोहित र विराटको किन भयो ग्रेड ‘बी’मा घटुवा ?

काठमाडौं – भारतको क्रिकेटका स्टार ब्याट्सम्यान रोहित शर्मा र विराट

बागलुङमा ‘प्लेटलेट्स’ बनाउन थालियो, पोखरा र काठमाडौं पठाउनुपर्ने बाध्यता अन्त्य

बागलुङ– लामो समयको प्रयासपछि बागलुङको रक्तसञ्चार केन्द्रमा सेतो रगत (प्लेटलेट्स/प्लाज्मा)

विश्वकप नखेल्ने निर्णय गरेको बंगलादेशलाई आईसीसीले वित्तीय र प्रशासनिक कारबाही नगर्ने

काठमाडौं – विश्वकप नखेल्ने निर्णय गरेको बंगलादेश अन्तर्राष्ट्रिय क्रिकेट परिषद्