माधव नेपाललाई नेताहरूको चेतावनी: माओवादीसँग मिल्न गए विद्रोह गर्छौं « Khabarhub

माधव नेपाललाई नेताहरूको चेतावनी: माओवादीसँग मिल्न गए विद्रोह गर्छौं


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले माओवादी केन्द्रसँग एकता गर्ने तयारी गरेपछि पार्टीका नेता असन्तुष्ट भएका छन् ।

पार्टीमा अध्यक्ष नेपाल लगायतका नेताहरूले सम्मानजनक बिदा हुनुपर्ने माग राख्दै आएका नेताहरुले माओवादीसँग एकता भए त्यसको विपक्षीमा उभिने बताएका हुन् । युवा पुस्तालाई पार्टी हस्तान्तरण गर्नुपर्ने उनीहरूको माग छ ।

आज बसेको केन्द्रीय कमिटीको बैठकमा ३२ जना नेताहरूले आफ्नो धारणा राखेका थिए। जसमा २१ जना नेताहरूले पार्टी एकीकृत गरेर अगाडि जानुपर्ने माग राखे । नेताहरूका अनुसार २८ जना नै माओवादीसँग एकता गर्ने विपक्षमा थिए।

पार्टी महासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य रामकुमारी झाँक्री सम्मानित नेता झलनाथ खनाल, स्थायी कमिटी सदस्य लक्ष्मण लम्साल लगायतका नेताले माधव नेपालले माओवादीसँग पार्टी मिलाउन गए विद्रोह गर्ने चेतावनी दिएका थिए।

लम्सालले माधव नेपाल र झलनाथ खनालले नै पार्टीबाट सम्मानजनक बिदा भएर दोस्रो पुस्ताका नेतालाई हस्तान्तरण गर्नुपर्ने माग राखे।

शुक्रबार पनि नेताहरूले बोल्ने क्रम जारी रहने । यता केन्द्रीय सदस्य तथा अनेरास्ववियुकी पूर्व अध्यक्ष आरती लामाले पनि सामाजिक सञ्जालमा सांकेतिक स्टाटस लेखेकी छन्।

इतिहासले फेरि नयाँ मोड लिने संकेत गर्दै उनले समाजवादीका केही नेताको माओवादीसँग मिलन भएमा आफूहरूले नयाँ धार सोच्ने उल्लेख गरेकी छन्।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ९ : २२ बजे

लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय छाडा चौपाया : सर्वेक्षण

लुम्बिनी– लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा

बालाजुमा सडक पिच गर्ने चटारो (तस्बिरहरू)

काठमाडौं– चोकदेखि प्रहरी चौकीसम्मको सम्पूर्ण सडक कालोपत्र सम्पन्न भएको छ

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल

स्वास्थ्य बीमा : अब काभ्रेका आठ अस्पतालबाट सेवा

काभ्रे– स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकका आठ अस्पतालबाट प्रथम सेवा प्रदान