माधव नेपाललाई नेताहरूको चेतावनी: माओवादीसँग मिल्न गए विद्रोह गर्छौं « Khabarhub

माधव नेपाललाई नेताहरूको चेतावनी: माओवादीसँग मिल्न गए विद्रोह गर्छौं


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले माओवादी केन्द्रसँग एकता गर्ने तयारी गरेपछि पार्टीका नेता असन्तुष्ट भएका छन् ।

पार्टीमा अध्यक्ष नेपाल लगायतका नेताहरूले सम्मानजनक बिदा हुनुपर्ने माग राख्दै आएका नेताहरुले माओवादीसँग एकता भए त्यसको विपक्षीमा उभिने बताएका हुन् । युवा पुस्तालाई पार्टी हस्तान्तरण गर्नुपर्ने उनीहरूको माग छ ।

आज बसेको केन्द्रीय कमिटीको बैठकमा ३२ जना नेताहरूले आफ्नो धारणा राखेका थिए। जसमा २१ जना नेताहरूले पार्टी एकीकृत गरेर अगाडि जानुपर्ने माग राखे । नेताहरूका अनुसार २८ जना नै माओवादीसँग एकता गर्ने विपक्षमा थिए।

पार्टी महासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य रामकुमारी झाँक्री सम्मानित नेता झलनाथ खनाल, स्थायी कमिटी सदस्य लक्ष्मण लम्साल लगायतका नेताले माधव नेपालले माओवादीसँग पार्टी मिलाउन गए विद्रोह गर्ने चेतावनी दिएका थिए।

लम्सालले माधव नेपाल र झलनाथ खनालले नै पार्टीबाट सम्मानजनक बिदा भएर दोस्रो पुस्ताका नेतालाई हस्तान्तरण गर्नुपर्ने माग राखे।

शुक्रबार पनि नेताहरूले बोल्ने क्रम जारी रहने । यता केन्द्रीय सदस्य तथा अनेरास्ववियुकी पूर्व अध्यक्ष आरती लामाले पनि सामाजिक सञ्जालमा सांकेतिक स्टाटस लेखेकी छन्।

इतिहासले फेरि नयाँ मोड लिने संकेत गर्दै उनले समाजवादीका केही नेताको माओवादीसँग मिलन भएमा आफूहरूले नयाँ धार सोच्ने उल्लेख गरेकी छन्।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ९ : २२ बजे

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

त्रिशूलीले बगाएर ल्याएको बैंकको भल्ट फोडेर रकम निकाल्ने २९ जना पक्राउ

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी

राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली

काठमाडौँ– काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका