आगजनी र लुटपाटमा संलग्न भएको आरोपमा भक्तपुरबाट एक जना पक्राउ « Khabarhub

आगजनी र लुटपाटमा संलग्न भएको आरोपमा भक्तपुरबाट एक जना पक्राउ


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – जिल्ला प्रहरी परिसर भक्तपुरले १६ थान (जङ्गी राउन्ड) एसएलआरको गोलीसहित जेनजी आन्दोलनका क्रममा आगजनी तथा लुटपाटमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रकाश जवेजुले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ घर भई हाल चाँगुनारायण नगरपालिका–८ शङ्कर भट्टामा काम गर्दै आएका २२ वर्षीय सुमन कार्कीलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले कार्कीको कोठाबाट १६ थान ९जङ्गी राउन्ड० एसएलआरको गोलीसमेत फेला परेको जनकारी दिँदै कार्कीलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको बताए ।

त्यस्तै, भक्तपुर प्रहरी परिसरले गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारबाट फरार भएका थप १३ जना कैदीबन्दीलाई पक्राउ गरी सम्बन्धित कारागार पठाएको प्रहरी नायब उपरीक्षक जबेजुले जानकारी दिए ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  १० : ४७ बजे

रूसी आक्रमणको बीच युक्रेनमा भ्रष्टाचार बढ्दो

किएभ – युक्रेनको भ्रष्टाचार विरोधी निकायले सुरक्षा सेवाहरूले अधिकारीहरूलाई शनिबार

निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ: नेता बस्नेत

ललितपुर – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा

एनभीए भलिबल च्याम्पियनसिपः रुकुम पश्चिमको विजयी सुरूवात

काठमाडौं – नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा रुकुम

चालीस वर्षीया पुनमकलीले जितिन् ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि

चितवन – सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको