‘समृद्धि र विकाससँगै सुशासनका लागि उज्यालो नेपाल’ « Khabarhub

‘समृद्धि र विकाससँगै सुशासनका लागि उज्यालो नेपाल’


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मुलुकको समृद्धि र विकाससँगै सुशासन कायम गर्न आफ्नो पार्टी स्थापना भएको बताएका छन् ।

मंगलबार उज्यालो पार्टी कार्यालय त्रिपुरेश्वरमा आयोजित राष्ट्रिय उज्यालो फ्रन्ट रामेछाप गठन कार्यक्रममा अध्यक्ष घिसिङले कुनै दर्शन वा राजनीतिक परिवर्तनका लागि मात्रै नभई सुशासन कायम गर्दै, देशभित्रै रोजगारी सृजना गरेर युवाहरूलाई देशमा नै बस्ने वातावरण निर्माणका लागि आफ्नो पार्टी स्थापना भएको बताएका हुन् ।

राजनीतिक परिवर्तन र दर्शनका लागि धेरै समय खेर फालेको भन्दै उनले अब आर्थिक क्रान्ति र परिवर्तनमा ध्यान दिनुपर्ने धारणा राखे ।

उनले मुलुकको विकास नभएसम्म राजनीतिक परिवर्तनको मात्रै कुराले कुनै अर्थ नराख्ने उल्लेख गरे । आर्थिक रूपान्तरणको कुरा नगरीकन, अब राजनीतिक पार्टीहरूले आफ्नो अस्तित्व बचाउन गाह्रो रहेको उनको भनाइ छ ।

कार्यक्रममा विभिन्न दल आबद्ध युवाहरूलाई घिसिङले उज्यालो नेपाल पार्टीमा प्रवेश गराएका थिए ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ५ : १८ बजे

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो