चिसोमा बाथ : मुटुदेखि मिर्गौलासम्म जोखिममा « Khabarhub

चिसोमा बाथ : मुटुदेखि मिर्गौलासम्म जोखिममा

चेतनाको अभावमा धेरै बिरामी उपचार बाहिर


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

अहिले चिसो मौसम चलिरहेको छ । यो मौसममा हाडजोर्नी, मुटु, फोक्सोलगायत शरीरका महत्त्वपूर्ण अङ्गमा लाग्ने रोगले धेरै सताउने गर्दछ ।जाडोमै धेरै सताउने रोगमा बाथरोग पनि प्रमुख मानिएको छ । चिकित्सकका अनुसार जुनसुकै बाथरोगले पनि हाडजोर्नीमा बढी असर गर्ने भएकाले यो रोग चिसोमा धेरै बल्झिने गरेको पाइन्छ।

नवजात शिशुदेखि लिएर वृद्धवृद्धासम्म देखिने यो रोगबाट नेपालमा करिब ८० लाख मानिस प्रभावित रहेको विश्व स्वास्थ्य संगठन डब्लुएचओको तथ्यांक रहेको छ । बाथरोग विशेषज्ञ चिकित्सकको अभाव र जनचेतनाको कमीका कारण धेरै बिरामी उपचारको पहुँचमा आउन नसकेको बिज्ञको भनाइ छ ।

बाथरोग विशेषज्ञ डा. लवराज लोहनीकाअनुसार बाथरोग विशेषज्ञ चिकित्सकको कमी र यसबारे जनचेतनाको कमीका कारण सबै बिरामी उपचारको पहुँचमा छैनन् ।

उनकाअनुसार बिगतको तुलनामा पछिल्लो समय बाथरोगको पहिचान हुनथालेकाले बिरामीको संख्या बढिरहेको देखिएको छ । तर अझै पनि बाथरोगबारे धेरैको बुझाइ गलत रहेको उनले बताए । त्यस्तै नेपालमा बाथसम्बन्धी पढाई भर्खरै सुरु हुनथालेको डा. लोहनीको भनाइ छ ।

‘बाथरोग भनेको अटोइम्युन प्रक्रिया हो । शरीरको रोग निरोधक शक्तिले शरीरको अंगलाई असर गर्दा बाथरोग हुने गर्छ’

के हो बाथरोग ?

बाथरोग भनेको कुनै एउटा रोग मात्रै नभएर विभिन्न रोगको संयोजन रहेको डा. लोहनीको भनाइ छ । ‘बाथरोग भनेको अटोइम्युन प्रक्रिया हो । शरीरको रोग निरोधक शक्तिले शरीरको अंगलाई असर गर्दा बाथरोग हुने गर्छ’, उनले भने ।

डा. लोहनीकाअनुसार बाथभित्र थुप्रै रोगहरु पर्दछन् । शरीरका प्रमुख अंग जस्तै छाला, जोर्नी, आँखा, मुटु, फोक्सो, किड्नीदेखि लिएर रगत बिगार्नेसम्मको काम बाथ रोगले गर्दछ । बाथरोग भन्ने बित्तिकै जोर्नीको दुखाई र युरिक एसिडका कारण भएको हो भन्ने धेरैको बुझाई रहेकाले यसले अझ जोखिम निम्त्याइरहेको डा.लोहनीले बताए ।

चिसोमा बाथ बढाउने तत्त्व बढी सक्रिय हुन्छन् । जस्तै जोर्नीहरु सुन्निने, जोनीहरुको बीचमा पानीको तह हुन्छ, त्यो बाक्लो भएर जाने, रगत बाक्लो भएर रक्तसञ्चारमा कमी हुने हुन्छ भने चिसोका कारण शारीरिक क्रियाकलापहरु कम गर्दै गएपछि जोनीहरु कक्रिने लगायत धेरै कारणले गर्दा चिसोमा बाथ अझ बल्झिने गरेको चिकित्सकको भनाइ छ ।

बाथका प्रकार

डा. लोहनीकाअनुसार बाथ सयौं प्रकारका हुन्छन् । तीमध्ये नेपालमा बढी मात्रामा देखिने बाथरोग भने पाँच किसिमका छन् । गठिया बाथ, मेरुदण्डको बाथ, युरिक एसिडको बाथ, कुरकुरे हड्डी खिइने बाथ र मांशपेसीको बाथ ।

लुपस बाथले किड्नीलाई बिगार्न सक्छ । रगत कम गराउन सक्छ, दिमागको नसालाई हानेर कुनै अङ्गलाई प्यरालाइसिस गराउन सक्छ । रगतलाई बाक्लो बनाएर नलीबन्द गराउन सक्ने उनले बताए ।

बाथका प्रकारअनुसार कुनै पुरुषमा धेरै हुने र कुनै महिलामा धेरै हुने गरेको डा. लोहनीको भनाइ छ । उनकाअनुसार विभिन्न हर्मोनका कारणले महिलामा धेरै देखिन्छ । तथ्यांकले पनि त्यही देखाइरहेका छन् । त्यस्तै थाइराइडका बिरामीलाई पनि बाथरोग धेरै हुन्छ ।

बाथरोगमा वंशाणुत असर

‘सबै बाथ वंशाणु हुँदैन । तर कुनै कुनै बाथ परिवारको कुनै सदस्यलाई छ भने छोराछोरी, नातिनातिनामा समेत देखिने सम्भावना हुन्छ, उनले भने ।

‘सबै बाथ वंशाणु हुँदैन । तर कुनै कुनै बाथ परिवारको कुनै सदस्यलाई छ भने छोराछोरी, नातिनातिनामा समेत देखिने सम्भावना हुन्छ’

पेटमा भएको बच्चाबाटै बाथरोग सुरु हुने बताउँदै डा. लोहनीले भने स्टोकसिण्ड्रोम भन्ने एउटा रोग हुन्छ त्यो रोग भएको आमाले बच्चा जन्माउँदा पनि बाथ हुने सम्भावना हुन्छ ।

त्यस्तै भर्खरै जन्मेको बच्चामा पनि बाथरोग समयमै पत्ता नलाग्दा अपाङ्गता भएका, आँखामा अन्धोपना भएका, जोर्नी बाङ्गिएर कुप्रोपना भएका बिरामी पनि आउने गरेको उनले बताए । बाथको जाँच अहिले पनि नेपालमा हुँदैन । नमूना संकलन गरेर भारत पठाउनु पर्छ ।

बाथका लक्षण

बाथ धेरै प्रकारका भए पनि बिरामीले थाहा पाउने लक्षण जोर्नीको दुखाइ मात्रै भएको डा. लोहनीले बताए । उनकाअनुसार भित्री अंग किड्नी, फोक्सोे, मुटु, मष्तिष्कलगायतका अंगमा असर गर्छ । तर त्यसका साथै धेरै प्रकारका बाथले प्राय जोर्नीहरुमा समस्या देखिने भएकाले जोर्नीहरु दुख्ने, सुन्निने, कक्रिनेजस्ता बाहिरी लक्षण देखिनेबित्तिकै बाथरोगको शंका गर्नुपर्छ ।

त्यसैले जोर्नीको दुखाइसँगै बिना चोटपटक बिनाकारण कुनै पनि अंग गर्धन, घुँडा, कम्मरलगायतका जोर्नी तथा अंगमा दुखाई भइरहेको छ, आँखा सुख्खा हुने हातखुट्टाहरु सुन्निने, अनुहारमा रातो दाग देखा पर्ने, कपाल झर्ने, घाममा जाँदा पोल्ने, चिलाउने, मुखको तालुमा बारम्बार घाउ आउने, मुटु र फोक्सोमा पानी जम्ने जस्ता लक्षणहरु देखिए पनि बाथरोग हुनसक्ने भएकाले चेकजाँच गर्न उनको सुझाव छ ।

रोकथाम तथा उपचारको अवस्था

धुम्रपान नगर्ने, जंकफुड लगायत अस्वस्थ खाना कम खाने, नियमित स्वास्थ्य जाँच गर्ने जस्ता उपाय रोकथामका उपाय हुन् भने त्यो बाहेक शरीरको बनावट अनुसार प्रदूषणको अवस्था कस्तो छ, त्यो हेरेर आउने कुरा त जसरी पनि आउँछ त्यसैले यसको रोकथाम तथा उपचार भनेको चाँडो पत्ता लगाएर उपचार गर्नु नै यसको रोकथाम भएको डा. लोहनी बताउँछन् ।

अधिकांश बिरामी युरिक एसिडको कारण आएको बाथरोग हो भनेर त्यसको औषधी खाने र खाना बार्ने गर्दछन् । तर तीमध्ये ९० प्रतिशत बिरामीलाई युरिक एसिड नै नहुने पाइएको उनले बताए ।

युरिक एसिड बाहेक अन्य बाथमा खाना बार्न आवश्यक नभएकाले लक्षण देखिने बित्तिकै कुन प्रकारको बाथ हो भनेर थाहा पाउन जरुरी रहेको डा. लोहनीको भनाइ छ ।

युरिक एसिड बाहेक अन्य बाथमा खाना बार्न आवश्यक नभएकाले लक्षण देखिने बित्तिकै कुन प्रकारको बाथ हो भनेर थाहा पाउन जरुरी रहेको डा. लोहनीले बताए ।

उनकाअनुसार नेपालका धेरैजसो स्वास्थ्य संस्थामा बाथरोग विशेषज्ञ छैनन् । स्थानीय स्वास्थ्यकर्मीलाई बाथरोगका विषयमा आधारभूत जानकारी पनि छैन । जसकारण बाथरोगी दुई/तीन वर्ष झारफुक गराउने, जडीबुटीहरु खाने तितो खालको ट्याब्लेटहरु खाएर बस्ने गर्दागर्दै धेरै समय बितिसकेको हुन्छ ।

यसरी लापरवाही गर्दा रोग जटिल अवस्थामा पुगेर प्यारालाईसिस हुने र कतिको मृत्यु पनि हुने गरेको डा. लोहनीले बताए । उनकाअनुसार हालसम्म बाथको पत्ता लगाउन नमूना भारतमै पठाउनुपर्ने बाध्यता छ ।

समयमै उपचारका लागिआउँदा कुनै बाथ पूर्णरुपमा निको पार्न सकिने खालका रहेकाले शंका लाग्नेबित्तिकै जतिसक्दो चाँडो उपचारमा आउन डा. लोहनीको सुझाव छ ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ८ : ५२ बजे

वीर अस्पतालदेखि जमलसम्मको फुटपाथ अस्तव्यस्त (तस्बिरहरू)

काठमाडौं– करिब साढे दुई वर्षदेखि काठमाडौं महानगरपालिका- २७ अन्तर्गत वीर

एमले महाधिवेशन प्रतिनिधि छनोट : मकवानपुर अध्यक्ष र धनगढीकी उपमेयर पराजित

मकवानपुर– नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर २

अपर अरुणको १३ अर्ब शेयर एनआरएनलाई दिने प्रस्ताव

काठमाडौं – नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण

बस्तीपुर–भुन्द्रुङ जोड्न राप्तीखोलामा पुल

मकवानपुर– हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरबाट मनहरी गाउँपालिका–३ भुन्द्रुङलाई जोड्ने राप्तीखोलामा १७०

चिसोमा बाथ : मुटुदेखि मिर्गौलासम्म जोखिममा

अहिले चिसो मौसम चलिरहेको छ । यो मौसममा हाडजोर्नी, मुटु,