बस्तीपुर–भुन्द्रुङ जोड्न राप्तीखोलामा पुल « Khabarhub

बस्तीपुर–भुन्द्रुङ जोड्न राप्तीखोलामा पुल


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरबाट मनहरी गाउँपालिका–३ भुन्द्रुङलाई जोड्ने राप्तीखोलामा १७० मिटर लामो पुल निर्माण गरिएको छ ।

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयले निर्माण गरेको पुल बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटा तथा १०३ वर्षीया स्थानीय वृद्धा सरस्वती अर्यालले संयुक्त रूपमा उद्घाटन गरे ।

उद्घाटन समारोहमा मुख्यमन्त्री बानियाँले सङ्घीय व्यवस्थाले जनताका लागि धेरै काम गर्न थालेको चर्चा गरे । निर्वाचन घोषणा भइसकेको अवस्थामा मतदाताले आफूलाई मन परेका पार्टी र उम्मेदवारलाई स्वतन्त्र रूपमा मतदान गर्नसक्ने अवसर लोकतन्त्रको सबैभन्दा ठूलो उपलब्धि भएको उनले बताए ।

मुख्यमन्त्री बानियाँले भ्रम फैलाउने तथा गलत काम गर्ने प्रवृत्तिलाई अब हामीले धेरै समय सहन नसक्ने स्पष्ट पारे । राणाशासनकालदेखि सुरु भएको राजनीतिक यात्राले सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा अबको आवश्यकता सुधार र परिमार्जन मात्र रहेको उनको भनाइ थियो ।

यस क्रममा उनले जनप्रतिनिधिको सङ्ख्या तथा पालिकाको सङ्ख्या समायोजन गर्ने प्रस्ताव प्रस्तुत गरे । मुख्यमन्त्री बानियाँले समग्र विकाससँगै जनताको जीवनस्तर उकास्न रोजगारीमुखी कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै कृषिजन्य उत्पादनलाई सीप, तालिम र प्रविधिसँग जोड्न स्थानीय तहलाई आग्रह गरे ।

उनले गाउँघरमा बसोबास गर्ने युवालाई सहलगानीमा रोजगारीमा जोड्न आगामी बजेटमार्फत प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए । राप्तीखोला पुल निर्माणका लागि २९ करोड ५९ लाख ३८ हजारमा सम्झौता भएको थियो । (रासस)

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ८ : ५७ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्