एमले महाधिवेशन प्रतिनिधि छनोट : मकवानपुर अध्यक्ष र धनगढीकी उपमेयर पराजित « Khabarhub

एमले महाधिवेशन प्रतिनिधि छनोट : मकवानपुर अध्यक्ष र धनगढीकी उपमेयर पराजित


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


804
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर २ मा जिल्ला अध्यक्ष नै पराजित भएका छन् ।

आइतबार बिहान सार्वजनिक मतपरिणाम अनुसार मकवानपुर क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा बलराम बल, एकलाल श्रेष्ठ, हिदम लामा, बिदुर हुमागाईं, सुमित्रा काफ्ले, भगवती पुडासैनी, गीता प्रजा र रोहण लामा चयन भए ।

यहाँबाट एमाले मकवानपुर जिल्ला कमिटी अध्यक्ष श्रीधर पोखरेल महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । सडक दुर्घटनामा परेपछि अस्पतालमा उपचाररत उनले वारेसमार्फत् महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिए पनि जित निकाल्न सकेनन् ।

धनगढीकी उपमेयर पराजित
एमालेको एघारौँ महाधिवेशन अन्तर्गत कैलाली क्षेत्र नम्बर ५ मा भएको महाधिवेशन प्रतिनिधि चुनावमा धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकला राना पराजित भएकी छिन् ।

उनी पराजित भएको महिलाको क्लस्टरमा रुक्मणी देवकोटा र अम्बिका विष्ट मल्ल विजयी भएका छन् । कन्दकलाले ३८३ मत ल्याउँदा अम्बिकाले ५९१ र रूक्मणिले ५७१ मत ल्याएका छन् ।

यहाँ खुलातर्फ धर्मराज पाठक, नेपालु चौधरी, यज्ञराज ढुंगाना र विष्णुकुमार चन्द विजयी भए । उता ४० वर्षमुनिको युवामा तीर्थराज भट्टराई विजयी भए ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ९ : १५ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने