विकट गाउँमा सडक नपुग्दा सास्ती « Khabarhub

विकट गाउँमा सडक नपुग्दा सास्ती


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बागलुङ– जैमिनी नगरपालिका– ८ सल्यानधारा गाउँमा अहिलेसम्म सडक पुगेको छैन । छिमेकी गाउँमा मोटरबाटो पुगेको वर्षौँ भयो । तर यस गाउँका स्थानीय गाडी चढ्नका लागि अर्को गाउँमा पुग्नुपर्ने बाध्यता छ ।

नगरपालिकाले सडक पुर्‍याउन वर्षौँदेखि प्रयास गर्दै आएको छ । वडा नम्बर ८ कै केवैखानी गाउँ र सल्यानधाराको बीचमा ठूलो भिर र चट्टानसहितको पहरा हुँदा सडकले जोडिन नसकेको हो ।

सल्यानधारालाई सडक सञ्जालमा जोड्न धुस, वाइनकुना र अर्को छिस्ती केवैखानी हुँदै सडकको निर्माण गरिँदैछ । केवैखानी हुँदै जोड्नका लागि अब करिब एक सय मिटर बाँकी रहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए । वाइनकुनाबाट अझै डेढ किलोमिटर सडक निर्माण गरेपछि मात्र सल्यानधारा गाउँमा मोटरबाटो पुग्ने उनको भनाइ छ ।

वाइनकुनाबाट जोड्न छोटो पर्ने भए पनि ठूलो भिर पहराका कारण अहिलेसम्म सडक पुर्‍याउन नसकेको उपप्रमुख शर्माले बताए । सल्यानधारालाई सडकले जोड्न हालसम्म दुई करोड बढी बजेट खर्च भइसकेको उनको भनाइ छ । निकै अप्ठ्यारो भूगोलका कारण अहिलेसम्म उक्त गाउँमा सडक नपुगेको उपप्रमुख शर्माको भनाइ छ । यस वर्ष पनि लाख बजेटले पहरा फोड्ने काम भइरहेको छ । बजेट व्यवस्थापन भए यसै वर्ष सल्यानधारामा सडक पुग्ने उनी बताउँछन् ।

स्थानीय डोल्मा गाहामगरले सडकले गाउँ नजोडिँदा यात्रा र सामान ढुवानी गर्न समस्या भोग्नुपरेको बताइन् । छिमेकी गाउँमा घर अगाडि नै गाडी गुड्ने भए पनि सल्यानधारानै यातायताको सुविधाबाट वञ्चित रहेको उनको भनाइ छ । अहिले पनि यस स्थानीयले बोकेरै नुन, तेल, चामललगायतका दैनिक उपभोग्य सामान लिने गरेको उनको भनाइ छ ।

अर्का स्थानीय तुलबहादुर श्रीसले अहिले गाडी चढ्नका लागि ४५ मिनेट टाढा रहेको केवैखानीमा गाउँमा पुग्नुपर्ने बताए । यहाँ करिब २५ परिवारको बसोबास छ । सबैभन्दा समस्या आकस्मिक सामान ढुवानीमा भएको उनको भनाइ छ । नगरपालिकाको सबै ठाउँतिर विकास हुँदै गए पनि आफूहरू ओझेलमा परेको श्रीसले बताए । उनले भौगोलिक विकटताका कारण पछाडि परेको भन्दै राज्यले यस्ता दुर्गम ठाउँलाई प्राथमिकतामा राखेर विकास गर्नुपर्ने बताए । (रासस)

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  १० : ०८ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्