विकट गाउँमा सडक नपुग्दा सास्ती « Khabarhub

विकट गाउँमा सडक नपुग्दा सास्ती


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बागलुङ– जैमिनी नगरपालिका– ८ सल्यानधारा गाउँमा अहिलेसम्म सडक पुगेको छैन । छिमेकी गाउँमा मोटरबाटो पुगेको वर्षौँ भयो । तर यस गाउँका स्थानीय गाडी चढ्नका लागि अर्को गाउँमा पुग्नुपर्ने बाध्यता छ ।

नगरपालिकाले सडक पुर्‍याउन वर्षौँदेखि प्रयास गर्दै आएको छ । वडा नम्बर ८ कै केवैखानी गाउँ र सल्यानधाराको बीचमा ठूलो भिर र चट्टानसहितको पहरा हुँदा सडकले जोडिन नसकेको हो ।

सल्यानधारालाई सडक सञ्जालमा जोड्न धुस, वाइनकुना र अर्को छिस्ती केवैखानी हुँदै सडकको निर्माण गरिँदैछ । केवैखानी हुँदै जोड्नका लागि अब करिब एक सय मिटर बाँकी रहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए । वाइनकुनाबाट अझै डेढ किलोमिटर सडक निर्माण गरेपछि मात्र सल्यानधारा गाउँमा मोटरबाटो पुग्ने उनको भनाइ छ ।

वाइनकुनाबाट जोड्न छोटो पर्ने भए पनि ठूलो भिर पहराका कारण अहिलेसम्म सडक पुर्‍याउन नसकेको उपप्रमुख शर्माले बताए । सल्यानधारालाई सडकले जोड्न हालसम्म दुई करोड बढी बजेट खर्च भइसकेको उनको भनाइ छ । निकै अप्ठ्यारो भूगोलका कारण अहिलेसम्म उक्त गाउँमा सडक नपुगेको उपप्रमुख शर्माको भनाइ छ । यस वर्ष पनि लाख बजेटले पहरा फोड्ने काम भइरहेको छ । बजेट व्यवस्थापन भए यसै वर्ष सल्यानधारामा सडक पुग्ने उनी बताउँछन् ।

स्थानीय डोल्मा गाहामगरले सडकले गाउँ नजोडिँदा यात्रा र सामान ढुवानी गर्न समस्या भोग्नुपरेको बताइन् । छिमेकी गाउँमा घर अगाडि नै गाडी गुड्ने भए पनि सल्यानधारानै यातायताको सुविधाबाट वञ्चित रहेको उनको भनाइ छ । अहिले पनि यस स्थानीयले बोकेरै नुन, तेल, चामललगायतका दैनिक उपभोग्य सामान लिने गरेको उनको भनाइ छ ।

अर्का स्थानीय तुलबहादुर श्रीसले अहिले गाडी चढ्नका लागि ४५ मिनेट टाढा रहेको केवैखानीमा गाउँमा पुग्नुपर्ने बताए । यहाँ करिब २५ परिवारको बसोबास छ । सबैभन्दा समस्या आकस्मिक सामान ढुवानीमा भएको उनको भनाइ छ । नगरपालिकाको सबै ठाउँतिर विकास हुँदै गए पनि आफूहरू ओझेलमा परेको श्रीसले बताए । उनले भौगोलिक विकटताका कारण पछाडि परेको भन्दै राज्यले यस्ता दुर्गम ठाउँलाई प्राथमिकतामा राखेर विकास गर्नुपर्ने बताए । (रासस)

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  १० : ०८ बजे

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष

झापाका रास्वपा नेतासँग तीन घण्टा बिताएका बालेनले ओलीको क्षेत्रमा गरिरहेका छन् जनमत सर्भेक्षण

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झापा क्षेत्र नम्बर

नयाँ नेतृत्वको चयन गर्ने तयारीमा हमास

गाजा – गाजामा युद्धको क्रममा इजरायलले समूहका धेरै शीर्ष नेताहरूको

रुपन्देही–२ बाट चुनाव लड्ने तयारीमा युवा व्यावसायी सुदन ज्ञवाली

काठमाडौं – युवा व्यावसायी तथा राजनैतिक अभियन्ता सुदन ज्ञवालीले आगामी

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन