काँक्रा बेचेर मनग्य आम्दानी लिँदै हुप्सेकोटका किसान « Khabarhub

काँक्रा बेचेर मनग्य आम्दानी लिँदै हुप्सेकोटका किसान


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

मध्यविन्दु– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–१ जुकेपानीका किसान काँक्रा टिप्न र बिक्री गर्न व्यस्त छन् । 

स्थानीय रवीन्द्र रजालीले विगत २६ वर्षदेखि व्यावसायिक रूपमा काँक्राखेती गर्दै आएका छन् । दुई बिघामा खेती गरेका उनले लागत खर्च कटाएर वार्षिक २० लाख रुपैयाँसम्म आम्दानी हुने गरेको बताए । उनले भने, ‘एक बाली धान लगाएर काँक्रा लगाउने गरेकामा अहिले तीन बालीसम्म काँक्रामात्रै लगाउने गरेका छौँ ।’

तरकारी सुपरजोन कार्यक्रमका संयोजक तथा किसान थमन रजालीका अनुसार हुप्सेकोट गाउँपालिकामा करिब तीन हजार किसान काँक्राखेतीमा संलग्न छन् । रजालीले भने, ‘हामीले १४ वर्षदेखि काँक्राखेती गरिरहेका छौँ । यस वर्ष ८० टनभन्दा बढी बिक्री गर्ने लक्ष्य छ ।’

कार्यक्रमका संयोजक रजालीका अनुसार कृषि पकेट क्षेत्रका रूपमा परिचित हुप्सेकोट गाउँपालिकाको वडा नं १ मा अधिकांश किसानले काँक्रा फलाउने गरेका छन् । उनीहरूको व्यावसायिकता साँच्चिकै लोभलाग्दो छ । वर्षमा तीन बाली काँक्राखेती गर्ने उनीहरूलाई आर्थिक अभाव विरलै हुन्छ । 

धान बालीमात्र लगाउँदै आएकी दिलमाया परियारले काँक्राबाट मनग्ये आम्दानी गर्न सकिने थाहा पाएपछि छ वर्षदेखि व्यावसायिक रूपमा काँक्राखेती लगाउँदै आएकी छन् । ‘दुई कट्ठामा लगाएको काँक्राबाट खर्च कटाएर वर्षमा दुई लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ’, परियारले भनिन् ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका अनुसार हुप्सेकोट गाउँपालिकाको वडा नं १, २, ३ र ४ मा तीन सय ५० हेक्टर क्षेत्रफलमा भक्तपुरे लोकलसहित अन्य काँक्राको व्यावसायिक खेती हुने गरेको छ ।

भदौको अन्तिमदेखि फागुनसम्म निरन्तर उत्पादन हुने काँक्रा काठमाडौँ, बुटवल, नारायणगढलगायतका ठूला बजारमा बिक्रीका लागि लगिने गरिएको छ ।

समूहसँगै व्यवसाय दर्ता गरी काँक्राखेतीमा रमाएका किसानलाई ५० प्रतिशत अनुदानमा बीउ, प्लास्टिक मल्चिङ्क, प्याकेजिङ प्लास्टिक, तराजु, डोरीलगायत सामग्री गाउँपालिकाले सहयोग गर्दै आएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन् । गाउँपालिका क्षेत्रबाट उत्पादन हुने सागसब्जी बजार पुर्‍याउन पनि पालिकाले सहयोग गर्दै आएको छ । रासस
 

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ११ : २५ बजे

ट्रम्प र सीसँग त्रिपक्षीय वार्ता गर्न पुटिनको प्रस्ताव

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल

फ्रान्समा हिंसा चर्किएपछि म्याक्रोनको निन्दा, प्रदर्शनमा प्रतिबन्ध लगाउने चेतावनी

पेरिस- फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले

दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

पाल्पा– वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२

सप्तकोशीमा डुबेर बेपत्ता युवक मृत भेटिए

सुनसरी– सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सुनसरीको बराहक्षेत्रका

एआईबाट अनुहार र आवाज दुरुपयोगको डर, न्याय माग्दै अदालत पुगिन् कृति सेनन

काठमाडौं – बलिउड अभिनेत्री कृति सेननले आफ्नो नाम, अनुहार, आवाज