विवादित उपदफा खारेजीको माग गर्दै देशभरका औषधि व्यवसायी आन्दोलित  « Khabarhub

विवादित उपदफा खारेजीको माग गर्दै देशभरका औषधि व्यवसायी आन्दोलित 


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– औषधि व्यवस्था ऐनका दुई उपदफा खारेज गर्न माग गर्दै देशभरका औषधि व्यवसायी आज आन्दोलनमा उत्रिएका छन् । 

औषधि ऐन २०३५ को दफा ११ अन्तर्गतका उपदफा ३ र ५ तत्काल खारेज गर्नुपर्ने मागसहित उनीहरूले आज देशभरका औषधि पसल एक घण्टाका लागि बन्द गरेका हुन् ।

आइतबार बिहान ११ बजेदेखि आयात, थोक तथा खुद्रा सबै प्रकारका औषधि पसल एकै पटक बन्द गर्दै व्यवसायीहरू औषधि व्यवस्था विभाग पुगेका छन् । विभागको केन्द्रीय तथा शाखा कार्यालयहरूसहित सम्बन्धित निकायहरूमा व्यवसायीहरूले धर्ना दिँदै विरोध जारी राखेका छन् ।

विवादित उपदफा खारेज नगरेसम्म आन्दोलनलाई थप कडा बनाउँदै लैजाने औषधि व्यवसायी संघले चेतावनी पनि दिएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  १ : ०१ बजे

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ