स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने पक्राउ, प्रहरीले भन्यो- कुटपिटको मुद्दा सिधै अदालतबाट चल्छ « Khabarhub

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने पक्राउ, प्रहरीले भन्यो- कुटपिटको मुद्दा सिधै अदालतबाट चल्छ


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

चितवन– माडी नगरपालिकास्थित बघौडा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई पक्राउ गरिएको छ । 

गत बिहीबार राति १०ः१५ बजेको समयमा चार/पाँच जनाको समूहमा आएका युवाले आक्रमण चिकित्सक स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए ।
 
इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक किरण राईले अस्पतालले शुक्रबार निवेदन दिएपछि चार जना आरोपीलाई पक्राउ गरिएको जानकारी दिए । 

पक्राउपर्नेमा माडीका किरण खाती, सङ्गम तिवारी, विकास गुरुङ र प्रकाश गौतम रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 
प्रहरी निरीक्षक राईले भने, ‘चिकित्सकहरूले कुटपिटमा मुद्दा चलाउने भन्दै हुनुहुन्छ, कुटपिटको मुद्दा सिधै अदालतबाट चल्छ ।’

बघौडा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा धीरञ्जनकुमार साहका अनुसार मङ्सिर ११ गते राति १०ः१५ बजेको समयमा अस्पताल परिसरभित्रै आक्रमण भएको हो । 

युवाले मादक पदार्थ सेवन गरी आक्रमण गरेको उनको भनाइ छ । डा साहका अनुसार डा दीपेन्द्र विश्वास, डा देवेन्द विश्वास, हे.अ. अनुप सुवेदी, कविराज तिवारीलगायत चिकित्सक स्वास्थ्यकर्मीमाथि घाउ चोट हुने गरी कुटपिट भएको छ । उनीहरूले अपशब्द बोल्दै गालीगलौजसमेत गरेको उनले जानकारी दिए ।
 
नेपाल चिकित्सक सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष डा दीपेन्द्र न्यौपानेले दोषीलाई कानुनअनुसार हदैसम्मको कारबाही हुनुपर्ने बताए । रासस

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  १ : १३ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने