छेवैका ईश्वर पोखरेलसामु लचिलो सुनिए ओली, भने- महाधिवेशनमा प्रतिस्पर्धा हुन्छ, कसैलाई निषेध गर्दैनौँ « Khabarhub

छेवैका ईश्वर पोखरेलसामु लचिलो सुनिए ओली, भने- महाधिवेशनमा प्रतिस्पर्धा हुन्छ, कसैलाई निषेध गर्दैनौँ


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर २७ गतेदेखि भक्तपुर र काठमाडौंमा हुने एघारौँ महाधिवेशनमा प्रतिस्पर्धा गर्न कसैलाई नरोकिने बताएका छन् ।

केन्द्रीय कार्यालय च्यासलमा आइतबार आयोजित कार्यक्रममा बोल्दै आफूलाई अध्यक्षमा चुनौती दिन तयार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई छेवैमा राखेर यस्तो बताएका हुन् ।

उनले एघारौँ महाधिवेशनमा चुनाव हुने बताउँदै प्रतिस्पर्धाका लागि कसैलाई नरोक्ने उल्लेख गरे । ‘महाधिवेशनमा चुनाव हुन्छ । प्रतिस्पर्धा गर्न दिइन्छ। प्रतिस्पर्धालाई हामी नराम्रो मान्दैनौँ’, उनले भने, ‘हामीले रोजेर नै ल्याएका हौँ प्रतिस्पर्धाको विधि। त्यसमा हामी सबैलाई छुट दिन्छौँ । प्रतिस्पर्धा गर्न हामीलाई निषेध गर्दैनौँ ।’

उनले सार्वभौम एमाले कार्यकर्ताका सार्वभौम प्रतिनिधिलाई केन्द्रीय कमिटीमा उठ्न रोकतोक नगरिने बताए । उनले यसो भनिरहँदा अध्यक्षका लागि तम्तयार वरिष्ठ उपाध्यक्ष पोखरेल छेवैको कुर्सीमा थिए । पोखरेलले यस पटकको महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने घोषणा गरिसकेका छन् ।

तर शनिबार भएको महाधिवेशन प्रतिनिधि छनोटको नतिजाले ओलीलाई बलियो देखाएको छ। भूगोलका प्रतिनिधि घटाएर जनसंठन, विभाग र आयोगबाट धेरै ल्याउने व्यवस्थाका कारण ओलीले तेस्रो पटक अध्यक्ष हुन आफूलाई कसैले रोक्न नसक्ने हिसाब निकालेका छन्।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  २ : ५४ बजे

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपीडी

काठमाडौं- निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारी तथा उनीहरूका परिवारलाई लक्षित गर्दै

नामी भिगो ई२ ३५.९९ लाखमा सार्वजनिक 

काठमाडौं– एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ फुल एसयूभीलाई विशेष प्रारम्भिक

जुम्लाको सिँजामा पुग्यो नेपाल टेलिकमको फोर-जी सेवा

काठमाडौं– नेपाली भाषा खस भाषाको उद्गमस्थल जुम्लाको हाट सिँजामा नेपाल

भृकुटीमण्डपलाई नागरिकमैत्री सार्वजनिक केन्द्र बनाउने तयारी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा

संयुक्त राष्ट्रसङ्घको महासचिव चयनका लागि दोस्रो स्ट्र पोल

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घका नयाँ महासचिव चयनका लागि सुरक्षा परिषद्ले शुक्रबार