रास्वपा र विवेकशील साझाबीच एकता : यस्ता छन् सहमतिका मुख्य बुँदा « Khabarhub

रास्वपा र विवेकशील साझाबीच एकता : यस्ता छन् सहमतिका मुख्य बुँदा


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टी आइतबार औपचारिक रूपमा एकीकृत भएका छन् । दुवै पार्टीले सामाजिक न्याय, उदार अर्थतन्त्र र सुशासनमा आधारित वैकल्पिक राजनीतिलाई संस्थागत रूपमा अघि बढाउन सहमति जनाउँदै एकीकरण घोषणा गरेका हुन् ।

छोटो अवधिमै प्रभावशाली संसदीय उपस्थिति बनाएको रास्वपाले सुशासनका प्रश्नमा देखाएको हस्तक्षेप र स्व. उज्ज्वल थापाद्वारा सुरू गरिएको विवेकशील अभियानको दीर्घकालीन योगदानलाई एउटै धारमा ल्याउन दुवै पक्षले एकीकरणलाई आवश्यक ठहरेका हुन् ।

सहमतिको मुख्य बुँदा:

– रास्वपाको सिद्धान्त र नेतृत्व संरचना यथावत् रहनेछ। विवेकशील अभियानको योगदानलाई आधिकारिक रूपमा अभिलेखीकरण गरिनेछ।

– रास्वपाले बनाएको विशेष संयन्त्र संघीय नेतृत्व मञ्चमा विवेकशील साझा हुँदै आएका नेताहरूलाई आपसी सहमतिमा समावेश गरिनेछ।

– विवेकशील साझा पार्टीका सदस्य र सल्लाहकारलाई केन्द्रीयदेखि स्थानीय तहसम्म योग्यता र समावेशिताको आधारमा जिम्मेवारी बाँडफाँड हुनेछ।

– एकीकरणपछि दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहनेछ। झण्डा र चुनाव चिन्ह पनि यथावत् रहनेछ।

– निर्वाचन आयोगमा आवश्यक कानुनी प्रक्रिया दुवै पार्टीले संयुक्त रूपमा पूरा गर्नेछन्। दुवै पार्टीका सम्पत्ति र संरचनाको व्यवस्थापन पनि आपसी सहमतिमा अघि बढाइनेछ।

– सुशासन र समुन्नतिको एजेन्डामा गोलबद्ध हुँदै अन्य वैकल्पिक राजनीतिक शक्ति र व्यक्तिलाई सहकार्यका लागि आह्वान गरिएको छ।

एकीकरणपत्रमा विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा वाँस्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार र रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याल, उपसभापति डा. स्वर्णिम वाग्ले लगायतका नेतृत्वले हस्ताक्षर गरेका छन्।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ४ : ५४ बजे

१२ वटा हेलिकप्टर बाढी प्रभावित क्षेत्रमा परिचालन 

काठमाडौं–  बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि १२ वटा हेलिकप्टर परिचालन

रसुवाको बाढीबारे चीन गम्भीर : उद्धारमा जुट्न राष्ट्रपति सी र प्रधानमन्त्री ली छ्याङको निर्देशन

काठमाडौं– नेपालको उत्तरी छिमेकी चीनले पनि रसुवा र केरुङ क्षेत्रको

नेपाली सेनाको हेलिकप्टरमार्फत बाढी प्रभावित १२ जनाको उद्धार

काठमाडौं– भोटेकोशी बाढीप्रभावितमध्ये हालसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत स्याफ्रुबेँसीबाट ६ जना,

विपद् प्राधिकरणकी प्रवक्ता भन्छिन्- तिब्बतबाट बिहान ८:४० बजे बाढी प्रवेश गरेको थियो, हामीलाई ९ बजे जानकारी आयो

काठमाडौं– विपद् प्राधिकरणको बैठकपछि प्रवक्ता शान्ति महतले रसुवामा आएको बाढीको

भोटेकोशी बाढीका कारण ११ वटा जलविद्युत् आयोजनामा क्षति

काठमाडौं– बुधबार भोटेकोशीमा आएको भीषण बाढीका कारण विभिन्न ११ वटा