एनएमबि बैंकद्वारा डिजिटल नेपालको लागि नयाँ पेमेन्ट गेटवे सुरु « Khabarhub

एनएमबि बैंकद्वारा डिजिटल नेपालको लागि नयाँ पेमेन्ट गेटवे सुरु


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनएमबि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा देशभर डिजिटल कारोबारलाई सरल र सुरक्षित बनाउन कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुरु गरेको छ । 

यो सेवाले भौतिक र अनलाइन ई–कमर्स दुवै प्रकारका व्यवसायीहरूलाई ठूलो सहयोग पुर्‍याउने बैकको दाबी छ ।

बैंकका अनुसार सो गेटवे मार्फत व्यवसायीहरूले स्वदेशी वा विदेशी जुनसुकै बैंकले जारी गरेका भिसा र मास्टरकार्ड मार्फत ग्राहकहरूबाट भुक्तानी लिन सक्नेछन् । यस सुविधाले नेपालभित्र र विदेशबाट पनि भुक्तानी स्वीकार गर्न सकिने भएकाले व्यवसायीहरूलाई आफ्नो व्यवसाय विस्तार गर्न मद्दत पुग्नेछ ।

पेमेन्ट गेटवेमा थ्री डी सेक्यूएर प्रविधि समावेश गरिएको छ, जसले कारोबारको प्रमाणीकरणका लागि ओटीपी वा पासवर्ड आवश्यक पर्दछ जसले कारोबारलाई अतिरिक्त सुरक्षित बनाउँछ । यसरी कार्डबाट हुने कारोबारहरू धेरै सुरक्षित हुनेर अनधिकृत खरिदको जोखिमलाई उल्लेखनीय रूपमा कम गर्दछ । सुरक्षाको यो प्रतिबद्धताले उपभोक्ता र व्यवसायी दुवैलाई ठूलो विश्वासका साथ अनलाइन व्यापार गर्न सुनिश्चित गर्नेछ भन्ने विश्वास बैंकले लिएको छ ।

बैंकले यो सहकार्य ई–कमर्सलाई बढावा दिन र नेपालमा वित्तीय कारोबारको डिजिटलाइजेसनलाई अगाडि बढाउन महत्त्वपूर्ण हुने विश्वास लिएको छ । 

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ५ : २३ बजे

‘सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै टुङ्गिन्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकार र शैक्षिक परामर्श

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा