प्रभु बैंकका सीईओ शेरचनसँगै डेपुटी सीईओ र प्रमुख कर्जा अधिकृत पनि पक्राउ « Khabarhub

प्रभु बैंकका सीईओ शेरचनसँगै डेपुटी सीईओ र प्रमुख कर्जा अधिकृत पनि पक्राउ


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


936
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैंकिङ कसूर तथा सजाय ऐनअन्तर्गतको मुद्दामा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसहित तीन वरिष्ठ अधिकारी पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उच्च अदालत पाटनबाट अनुमति लिएर उनीहरूलाई आइतबार काठमाडौंबाट पक्राउ गरेको हो।

सीआईबी प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठका अनुसार ठगी, आपराधिक विश्वासघात तथा नेपाल राष्ट्र बैंक ऐन उल्लङ्घनको अनुसन्धानका क्रममा संकलित तथ्य र विज्ञ टोलीको विश्लेषणले बैंकका शीर्ष नेतृत्वको संलग्नता पुष्टि भएको थियो।

अनुसन्धानबाट उनीहरूले राष्ट्र बैंकको निर्देशनविपरीत काम गरेको र बैंकलाई हानी हुने गरी करोडौँ रुपैयाँ विभिन्न कम्पनीमार्फत् दुरुपयोग गरेको भेटिएको सीआईबीले जनाएको छ ।

पक्राउ परेकामध्ये प्रभु बैंकका सीईओ बाग्लुङको कालिका–५ घर भएका अशोक शेरचन, गोरखा, पालुङटार–२ घर भएका डेपुटी सीईओ मणिराम पोखरेल र सुनसरी, इटहरी–४ घर भएका प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ रहेका छन् ।

हाल उनीहरूविरुद्ध थप छानबिन अघि बढाइएको सीआईबीका प्रवक्ता श्रेष्ठले बताएका छन्।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ६ : ३८ बजे

पाँच जना फरार प्रतिवादी पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले विभिन्न मुद्दाका पाँच जना

वीरगञ्जमा इन्टरनेटका अव्यवस्थित तार हटाइने

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाले वीरगञ्जमा इन्टरनेटका अव्यवस्थित तार हटाइने भएको

युवा लक्षित ग्लोबल आइएमईको ‘नेक्स्ट जेन’ खाता, घरमै बसेर खोल्न सकिने

काठमाडौं – ग्लोबल आइएमई बैंकले युवालाई लक्षित गर्दै घरमै बसेर

कारागारबाट फरार कैदी भारत-नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर– कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल-भारत सीमा

आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउन आग्रह

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले एलपी ग्यास वितरण प्रक्रियामा पारदर्शिता, जबाफदेहिता