बञ्चरेडाँडाको लिच्चेड व्यवस्थापन गर्न मन्त्रालयबाट खटियो विज्ञसहितको टोली « Khabarhub

बञ्चरेडाँडाको लिच्चेड व्यवस्थापन गर्न मन्त्रालयबाट खटियो विज्ञसहितको टोली


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बञ्चरेडाँडाबासी नागरिकसगँको सम्झौतापश्चात् शहरी विकास मन्त्रालयले लिच्चेड तथा दुर्गन्ध व्यवस्थापनका लागि अध्ययन सुरु गरेको छ । 

काठमाडौं उपत्यकाको फोहोर विसर्जन केन्द्र बञ्चरेडाँडाका स्थानीय र सरकारबीच मंसिर ४ गते दोस्रोपटक ११ बुँदे सहमति भएको थियो । जसमा फोहोरबाट निस्कने लिचेटको उचित व्यवस्थापनका लागि १५ दिनभित्र विज्ञ टोली तयार गर्ने उल्लेख छ । 

मन्त्रालयले सम्झौता अनुरूप अध्ययनका लागि तीन जना विज्ञसहितको टोली फिल्डमै खटाएको हो ।  

‘सम्झौता अनुरूप तत्कालका लागि दुर्गन्ध कम गर्ने काम भएको छ । लिच्चेडको दीर्घकालीन व्यवस्थापनका लागि मन्त्रालयबाट विज्ञसहितको टोली फिल्डमा खटिइसक्नुभएछ । यतिबेला स्याम्पल सङ्कलन भइसकेको छ । त्यसको प्रतिवेदनका लागि भने स्थानीयले अझै ३ महिना कुर्नुपर्नेछ ।’ मन्त्रालयबाट फिल्डमा खटिएका माधव कटुवालले भने ।

प्रतिवेदन आएपछि महानगरको लगानीमा त्यहाँ लिच्चेड व्यवस्थापनका लागि प्लान्ट निर्माण गरिने उनले सुनाए । 

‘मन्त्रालयले अध्ययन मात्रै गर्ने हो प्लान्ट निर्माणको जिम्मा काठमाडौं महानगरले लिनुभएको छ । जसका लागि उहाँहरूले बजेट विनियोजन समेत गरिसकेको बताउनुभएको छ ।’ उनले भने ।

योसँगै मन्त्रालयले धुनीवेशी नगरपालिका–१ भित्रका सडक कालोपत्र गर्ने कार्यलाई समेत तीव्रता दिएको उनले जानकारी दिए ।

‘सरकारले बञ्चरेडाँडाबासीसँग फोहर फालेबापत यहाँको विकासका लागि गरेको सम्झौता अनुरूप धुनीवेशी नगरपालिका–१ भित्रका सडक पिच गर्दैछौं ।’ उनले थपे, ‘अन्य सडकका लागि पनि सम्झौता प्रक्रिया अघि बढाइसकेका छौँ ।’

सम्झौतामा स्थानीयमाथि लगाइएका मुद्दा तत्काल फिर्ता लिने, वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन अनुसार जग्गा अधिग्रहणका लागि आगामी बजेट विनियोजन गर्ने, प्रभावित घर टहरा तथा बालीको मुआब्जा काठमाडौं महानगरपालिकाले तत्काल उपलब्ध गराउने, एक महिनाभित्र बञ्चरेडाँडा तथा सिसडोलका अति प्रभावित स्थानीयलाई सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाउने उल्लेख छ । 

साथै, प्रभावित पालिकालाई महानगरले दिँदै आएको ३ करोडलाई बढाएर ६ करोड पुर्‍याउने र आगामी आवमा बेलकोटगढी नगरपालिकालाई समेत समावेश गर्न अनुरोध गर्नुपर्नेछ । 

बञ्चरेडाँडावासीले फोहर फाल्न गएका गाडी रोकेरै विरोध जनाएका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ८ : ०७ बजे

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

गणेशमान सिंहको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न कांग्रेस सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको

भोटेकोशी बाढीः छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौँ – नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७

भारतीय विदेशमन्त्री जयशङ्करसँग आज भेटवार्ता गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ – भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम