हायात होटेलको क्यासिनोमा लुटपाट गर्ने दुईजना पक्राउ « Khabarhub

हायात होटेलको क्यासिनोमा लुटपाट गर्ने दुईजना पक्राउ


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको बौद्धस्थित हायात होटेलभित्र रहेको क्यासिनोको काउन्टरमा रहेको रकम लुटपाट गर्ने दुईजना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–६, बौद्धका ४२ वर्षीय सेठ्ठी भनिने दावा शेर्पा र बूढानीलकण्ठ नगरपालिका–१२ का २९ वर्षीय रञ्जित खड्की छन्।

गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा केही युवा हायात होटेल पुगेका थिए। उनीहरूले हतियार देखाएर क्यासिनोको काउन्टरमा रहेको रकम लुटेका थिए भने क्यासिनोमा तोडफोड तथा आगजनी समेत गरेका थिए।

घटनापछि फरार उनीहरूलाई खोजतालस गर्ने क्रममा काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

दुवै जनामाथि चोरी तथा डाँकासम्बन्धी र आपराधिक उपद्रव गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको परिसरका एसपी पवनकुमार भट्टराईले बताए।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ९ : ३५ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय