हायात होटेलको क्यासिनोमा लुटपाट गर्ने दुईजना पक्राउ « Khabarhub

हायात होटेलको क्यासिनोमा लुटपाट गर्ने दुईजना पक्राउ


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको बौद्धस्थित हायात होटेलभित्र रहेको क्यासिनोको काउन्टरमा रहेको रकम लुटपाट गर्ने दुईजना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–६, बौद्धका ४२ वर्षीय सेठ्ठी भनिने दावा शेर्पा र बूढानीलकण्ठ नगरपालिका–१२ का २९ वर्षीय रञ्जित खड्की छन्।

गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा केही युवा हायात होटेल पुगेका थिए। उनीहरूले हतियार देखाएर क्यासिनोको काउन्टरमा रहेको रकम लुटेका थिए भने क्यासिनोमा तोडफोड तथा आगजनी समेत गरेका थिए।

घटनापछि फरार उनीहरूलाई खोजतालस गर्ने क्रममा काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

दुवै जनामाथि चोरी तथा डाँकासम्बन्धी र आपराधिक उपद्रव गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको परिसरका एसपी पवनकुमार भट्टराईले बताए।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ९ : ३५ बजे

देशभरका अदालतमा धाउँदा जीउभरी किला ठोकेको जस्तो महसुस भयो : रवि लामिछाने

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी