एमाले महाधिवेशनः आठ जिल्लामा प्रतिनिधि छनोटमा समस्या « Khabarhub

एमाले महाधिवेशनः आठ जिल्लामा प्रतिनिधि छनोटमा समस्या


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रियं महाधिवेशनका लागि भएको प्रतिनिधि छनोट गरिएका आठ जिल्लाबारे उजुरी परेका छन् ।

महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिका सचिव माधव ढुङ्गेलले आठ जिल्लामा प्रक्रियागत ढङ्गबाट प्रतिनिधि छनोट नगर्दा केन्द्रीय कार्यालयमा उजुरी आएको बताए ।

उनका अनुसार ओखलढुङ्गा, धनकुटा, दाङ, बाँके, बझाङ, तनहुँ, बारा र रौतहटमा प्रतिनिधि छनोट विधिअनुसार नभएको भन्दै उजुरी आएका हुन् । ती जिल्ला देखिएका समस्या चाँडै समाधान गरिने ढुङ्गले बताए ।

शनिबार देशभर एमालेको महाधिवेशन प्रतिनिधि छनोट कार्यक्रम थियो । समितिका सचिव ढुङ्गेलले अधिकांश जिल्लामा सर्वसम्मत प्रतिनिधि छनोट भएको र छनोट भएका प्रतिनिधिको विवरण पार्टीको प्रदेश कार्यालयमा सङ्कलन गरी भोलिसम्म पठाउन निर्देशन दिएको जानकारी दिए ।

महाधिवेशनका लासग करिब दुई हजार २०० प्रतिनिधि छनोट भएको उनले बताए । एक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट खुला, महिला र युवा गरी चार जना प्रतिनिधि छनोट हुन्छन् । यही मङ्सिर २७ देखि २९ गतेसम्म एमाले महाधिवेशन हुँदैछ ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  १० : ०२ बजे

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको

निर्वाचन सम्पन्न गर्नु मुख्य उपलब्धि : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १९१ दिने कार्यकाल सफलतापूर्वक

गायक विजय लामा अमेरिकामा सम्मानित

काठमाडौं – गायक विजय लामा अमेरिकाको न्यूयोर्क सिटीमा सम्मानित भएका