संस्कृतिले राष्ट्रिय एकताको प्रवर्द्धनमा सकारात्मक योगदान पुर्‍याउँछ : पूर्वप्रधानमन्त्री नेपाल « Khabarhub

संस्कृतिले राष्ट्रिय एकताको प्रवर्द्धनमा सकारात्मक योगदान पुर्‍याउँछ : पूर्वप्रधानमन्त्री नेपाल


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले मौलिक पर्वले समाजमा शान्ति, सामाजिक न्यायको भावना सुदृढ गर्दै लोकतान्त्रिक मूल्य र राष्ट्रिय एकताको प्रवर्द्धनमा सकारात्मक योगदान पुर्‍याउने बताएका छन् ।

तमु ल्होसारका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले नेपालका विविध सांस्कृतिक सम्पदा, चाडपर्व र संस्कृतिले नेपालीको राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे । 

नेपाली विविध भाषा, संस्कृति, चाडपर्व र परम्परामा धनी भएको बताउँदै पूर्वप्रधानमन्त्री नेपालले विविधताले सजिएको मुलुकका फरक संस्कृतिले विश्वमा नेपालको विशिष्ट पहिचान स्थापित भएको बताए ।

सबै नेपालीबीच आपसी समझदारी, सहकार्य र एकताले समुन्नत, न्यायपूर्ण र समावेशी समाजको निर्माणमा जोड दिँदै उनले आपसी सहिष्णुता, बन्धुत्वको भावना विकास गर्नुपर्ने विचार व्यक्त गरे ।

उनले बहुधार्मिक, बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधताले सम्पन्न मुलुकमा धार्मिक तथा सांस्कृतिक पर्वहरूले सामाजिक–सांस्कृतिक ऐक्यबद्धता, सद्भाव र भ्रातृत्वको विकासमा योगदान गर्ने बताए ।

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा प्रगतिका लागि शुभकामना व्यक्त गर्दै उनले संविधानले सुनिश्चित गरेको सांस्कृतिक अधिकार, स्वतन्त्रता र समानताको मर्मअनुसार सबै जाति समुदायबीच समन्वय र सहकार्यको खाँचो औँल्याए । 
 

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ११ : ३० बजे

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ

बालेन सरकार

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन