संविधानले विविधतासहितको एकतालाई आत्मसात गरेको छ : राष्ट्रियसभा अध्यक्ष « Khabarhub

संविधानले विविधतासहितको एकतालाई आत्मसात गरेको छ : राष्ट्रियसभा अध्यक्ष


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानले विविधतासहितको एकतालाई राष्ट्रिय मेरूदण्डका रूपमा आत्मसात गरेको बताएका छन् ।

उनले नयाँ वर्ष शुभारम्भको रूपमा तमु (गुरुङ) समुदायले विशेष महत्त्वका साथ मनाउने तमु ल्होसारका अवसरमा आज देश तथा विदेशमा रहेका तमु समुदायका साथै समस्त नेपाली आमाबुबा, दिदीबहिनी, दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

उनले भनेका छन् ‘हामी नेपाली विविध भाषा, संस्कृति, चाडपर्व र परम्पराका धनी छौँ, यही विविधताले विश्वमा नेपालको विशिष्ट र अलग्गै पहिचान स्थापित भएको छ, तमु ल्होसार पर्वले गुरुङ जातिको लोक संस्कृतिको संरक्षण र विकास गर्न विशिष्ट भूमिका खेलेको छ ।’

तमु लोसारजस्ता मौलिक चाडपर्वले नेपालीबीच सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ११ : १६ बजे

रहबर अन्सारी रास्वपामा प्रवेश, मधेसबाट ‘क्रान्तिको बिगुल’ फुक्ने घोषणा

काठमाडौं – नेकपा माओवादी परित्याग गरेका मधेस प्रदेशका पूर्व सांसद

जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : मेयर दाहाल

काठमाडौं– चितवन भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आफू जुनसुकै भूमिका

सुदूरपश्चिम प्रदेशसभा सदस्यबाट डा. जोशीको राजीनामा

गोदावरी– सुदूरपश्चिम प्रदेशसभा सदस्य डा तारा जोशीले प्रदेशसभा सदस्यबाट राजीनामा

स्वागत र पत्रकार बुढाथोकी राप्रपामा, एकजना प्रत्यक्ष चुनाव लड्दै, अर्का समानुपातिक सूचीमा

काठमाडौं- अधिवक्ता तथा पत्रकार स्वागत नेपाल र अर्का आर्थिक पत्रकार

बागमती प्रदेशसभा सदस्य दुलालले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभा सदस्य युवराज दुलाल (शरद) ले आज प्रदेशसभा