तमु ल्होसारले सद्भावलाई थप प्रगाढ बनाउन सहयोग पुग्छ : उपराष्ट्रपति यादव « Khabarhub

तमु ल्होसारले सद्भावलाई थप प्रगाढ बनाउन सहयोग पुग्छ : उपराष्ट्रपति यादव


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले तमु ल्होसारले परस्पर आत्मियता, भाइचारा, मेलमिलाप र सामाजिक सद्भावलाई थप प्रगाढ बनाउनमा सहयोग पुगेको विश्वास व्यक्त गरेका छन् ।

नेपालका आदिवासी तमु (गुरुङ) समुदायको महान पर्व तमु ल्होसारको पावन अवसरमा आज उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेका हुन् ।

उनले भनेका छन्– ‘यस दिनपछि दिन लामो हुँदै जाने र कृषिकर्मका लागि अनुकूल वातावरण सृजना हुने जनविश्वासले प्रकृति र जीवनशैलीबीच गहिरो सम्बन्ध उजागर गर्नमा यो पर्वले सहयोग पुग्दछ ।’

गुरुङ समुदायले पुस १५ दिन पुरानो वर्षलाई बिदा गरी नयाँ वर्षलाई उल्लासपूर्वक स्वागत गर्ने परम्परा छ । यस पर्वले गुरुङ समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानलाई उजागर गर्दै सामुदायिक जीवनमा नवीन ऊर्जा थप्ने कार्य गरेको उनको भनाइ छ । कृषि चक्रसँग सम्बन्धित ल्होसारलाई सूर्यको गतिसँग पनि जोडिएको मानिन्छ ।

‘यस अवसरमा पूजापाठ गर्ने, रैथाने परिकार तयार गर्ने, मौलिक नाचगान गर्ने, रोधीघरमा दोहोरी गाउनेलगायत सांस्कृतिक एवं परम्परागत गतिविधि आयोजना हुनुले सामुदायिक आस्था, धार्मिक विश्वास र सांस्कृतिक पहिचानलाई जीवन्त राख्न सघाउँदछ, शुभकामना सन्देशमा भनिएको छ ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ११ : ३८ बजे

गण्डकीमा अठार लाख बढी मतदाता र एक हजार २९७ मतदानस्थल कायम

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बुद्धको चित्र दिँदै प्रधानमन्त्रीले मागिन् दुर्गा प्रसाईंसँग निर्वाचन सफल बनाउन सहयोग

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनलाई सफल पार्नका लागि सहयोग

रास्वपाको समानुपातिकमा चितवनका मात्रै २१ जना, ४४ जिल्ला हेरेको हेर्‍यै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक उम्मेदवारको सूचीमा अधिकांश जिल्लाको

गाजामा बायरन आँधी : दुई लाख भन्दा बढी प्रभावित

एजेन्सी– प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी

राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचन : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र अमनचयन कायम राखी दिगो